3 years ago
June 14, 2022
ह्युस्टन (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध सानदार सुरुवात गरेको छ ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले १७ ओभरमा ५ विकेट गुमाउँदै ५२ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद ३८ बलमा १८ रनमा अविजित छन् । सन्दीप गौड १ रनमा अविजित छन् ।
करणले पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । करणले नै सातौं ओभरको दोस्रो बलमा शोएब खानलाई देव खनालबाट दुई रनमा क्याच आउट गराए ।
१३ औं ओभरको पाँचौं बलमा ओपनर जतिन्दर सिंहलाई सन्दीपले २३ रनमा बोल्ड आउट गरे । जतिन्दरले ३६ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा अयान खानलाई सन्दीपले शून्यमा बोल्ड गरे ।
१७ औं ओभरको पहिलो बलमा खवर अलीलाई एक रनमा एलबीडब्लू आउट गर्दै ओमानलाई ४९–५ को कमजोर अवस्थामा पुर्याएका छन् ।
सन्दीप लामिछानेले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका छन् । करण केसीले ५ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका छन् ।
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]