3 years ago
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो ।
क्यानले मंगलबार आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाएको छ । योसँगै क्यानको निलम्बन पूर्ण रुपमा हटेको क्यानका कोषाध्यक्ष रोशनसिंहले जानकारी दिए । क्यानले अव ओडिआई मान्यता प्राप्त एसोसिएट देशले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने क्यानले जनाएको छ ।
क्यानले उत्कृष्ट कार्यसम्पादन गर्न क्यानलाई सहयोग गर्नुहुने आइसिसी लगायत सम्पूर्ण सरकारवालालाई धन्यावाद ज्ञापन गरेको छ । सर्शत फुकुवाको कारण क्यान आइसिसीसँग निर्भर रहँदै आएको थियो । यसअघि आइसिसीले क्यानलाई सिमित मात्रमा बजेट दिँदै आएको थियो ।
आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएपनि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । त्यसपघि आइसिसीले असोज २७ मा सशर्त फुकुवा गरेको थियो ।
सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो । २०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो । पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पूर्नगडन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि पटक पटकको पहल आइसिसीले सल्लाहकार समितिमार्फ क्यानको विधान तयार पारेको थियो । उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटक सम्म बसेको थियो । नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आइसिसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन पछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो । पूर्ण रुपमा फुकुवा नहुँदा क्यान आइसिसीमा निर्भर रहँदै आएको थियो ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]