default_image

3 years ago

June 14, 2022

महिला क्रिकेट टोलीको बिदाई

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – असार पहिलो सातादेखि मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई मंगलबार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेका हुन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ल लगायतले सफलताको शुभकामनासहित बिदाई गरे ।

रुविना क्षेत्री बेलवासेको कप्तानीमा रहेको १४ सदस्यीय टोली बुधबार मलेसिया प्रस्थान गर्नेछन् । स्वास्थ्यमा समस्या आएपछि पहिलोपटक राष्ट्रिय टोलीमा परेकी मनिषा उपाध्याय टोलीसँग हुनेछैनन् ।

असार ३ देखि ११ गतेसम्म मलेसियामा हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन् । समुह चरणका खेलपछि शीर्ष दुईले सेमिफाइनल खेल्नेछन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य च्याम्पियनसिप जितेर आउने रहेको बताए । ‘रिजल्ट खेलाडीहरुको हातमा छ । खेलाडीले उत्तिकै मिहेनत गरिरहेका छन् । हामी पर्दा पछाडिका हौं ।’ प्रशिक्षक टमाटाले भने, ‘सबै खेलाडीलाई थाहा छ । रिजल्टमा आशा गरेका छौं । च्यालेन्ज पनि छ । कन्फिडेन्स लेभल छ । राम्रो रिजल्ट दिनेमा विश्वस्त छु ।’ यस्तै प्रशिक्षक टमाटाले साफदेखि महिला टोली हेर्ने मौका पाएको र अहिले थुप्रै प्रतिभावान् खेलाडी आइरहेको बताए ।

‘ट्यालेन्ट हेरेर सपना देखेको थिए । सपना अझैपनि बाँकी छ । यि ट्यालेन्टहरुलाई दुई वर्षसम्म लगातार प्रशिक्षण दिन सके नतिजा दिन सकिने छ । कोचको आँखा अर्जुनदृष्टि हो ।’ प्रशिक्षक टमाटाले भने ।

कप्तान क्षेत्री बेलवासेले खेलेको धेरै वर्ष हुँदा पनि उपाधि जित्न नसक्दा दुखी भएपनि यसपटक उपाधि जितेर फर्कने बताइन् । ‘प्रेसर होइन । खेलेको धेरै वर्ष भइसकेको छ । तर नतिजा दिन नपाउँदा प्रेसर जस्तै देखिएको हो । हार्छ भनेर त कोही पनि जाँदैन नि ? कहिले कसैको के हुन्छ कहिले कसैको । सबैजनाको उत्तिकै मिहेनत गरिरहेका छन् ।’ कप्तान रुविनाले भनिन्, ‘युगान्डाको सिरिजले टोली कुन स्टाससमा रहेको भन्ने देखाएको छ । केमा काम गर्दा राम्रो देखिन्छ भन्ने स्पष्ट छ । सबैले उत्तिकै मिहेनत गरिरहेका छन् । प्रशिक्षण राम्रो रहेको छ । उपाधि जित्ने लक्ष्य लिएर जानेछौं ।’

नेपाली टोली
रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ र सवनम राई ।

नेपालको खेल तालिका

असार ३ ( जुन १७ ) – नेपालविरुद्ध भुटान

असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

Success

Thank you for your time.