default_image

3 years ago

June 14, 2022

नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

137 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको लागि अमेरिका भ्रमणमा छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज ह्युस्टन स्थित मुसा क्रिकेट स्टेडियममा जारी छ ।

नेपाल सुरुवात दुई खेलमा भने जित विहीन छ । विश्वकप लिग–२ मा महत्वपूर्ण मानिएको यस सिरिजमा अमेरिका भ्रमणमा नेपालले अव दुई खेल खेल्न बाँकी छ । नेपालले मंगलबार ओमान र बुधबार राती अमेरिकासँग खेल्नेछ ।

पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग टाई भएको थियो । कागजी रुपमा नेपाल बलियो देखिएपनि मैदानमा भने नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन ।

मुसा स्टेडियम ब्याटिङ सहयोगी पिच छ । अमेरिका भ्रमणमा नेपालले जित निकाल्न आफ्नो कमजोरीलाई भने सुधार गर्नै पर्छ । नेपालले अमेरिकामा बाँकी दुबै खेलमा जित्नको लागि सुधार गर्नुपर्ने पाँच कमजोरी :


५.पावर प्लेमा उत्कृष्ट बलिङ

अमेरिका र ओमानको ब्याटिङ शीर्षक्रममा बढी र्निभर छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ दुबै टोलीको कमजोरी हो । त्यसैले नेपालले पावर प्लेमा राम्रो बलिङ गर्दा पुरा खेलमा हाबी हुनसक्छ । नेपालले अमेरिकासँग पावर प्ले अर्थात पहिलो १० ओभरमा एक विकेट र ओमानविरुद्ध दुई विकेट लिएको थियो ।

अमेरिकासँग नेपालले पहिलो विकेट छैटौं ओभरको चौथो बलमा लिएको थियो । त्यसपछि नेपालले दोस्रो विकेट ४२ औं ओभरको तेस्रो बलमा लिएको थियो । मोनांक पटेल र स्टिभन टेलरले दोस्रो विकेटका लागि दोहोरो शतकीय साझेदारी गरेका थिए ।

सुरुवातमा उत्कृष्ट सुरुवात दिलाउन सके मध्यक्रमका ब्याटरलाई दबाब बढ्छ । दबाबमा विकेटको सम्भावना बढी हुन्छ । नेपालले विपक्षीलाई सस्तैमा समेट्न लगातार विकेट लिन सक्नुपर्छ । नेपालले पावर प्लेमा उत्कृष्ट सुरुवात गर्दै मध्यक्रम र तल्लोक्रम कमजोरीको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ ।


४. चौथो प्रमुख बलरको आवश्यक

विकेटटेकर चौथो प्रमुख बलर नहुनु नेपालको कमजोरी बनेको छ । नेपालले प्रमुख चौथो बलरको रुपमा स्पिनर सुशान भारीलाई खेलाउँदै आएको छ । भारी दुबै विकेट विहीन मात्र छैनन् आफ्नो स्पेलनै राम्रोसँग गर्न पाएका छैनन् ।

भारीले ओमानसँग चार ओभर र अमेरिकासँग तीन ओभर मात्र बलिङ गरेका थिए । यसले नेपालको बलिङ आक्रामण कमजोर मात्र बनेको छैन विपक्षीलाई रन बनाउने राम्रो वातावरण पनि बनेको छ । नेपालले विपक्षीको बायाँ हाते ब्याटरको कारण भारीलाई पुरै स्पेल बलिङ गराउन सकेको छैन ।

ओमानसँग जिशान मकसुद र अमेरिकासँग स्टिभन टेलरले शतकीय इनिङ खेलेका थिए । यी दुबै बायाँ हाते ब्याटर थिए । नेपालले प्रमुख बलरलाई बलिङ नगराउँदा पार्टटाइम बलरमा बढी निर्भर रहनु परेको छ । नेपालले चौथो बलरको रुपमा प्रमुख खेलाडी खेलाउन सक्नुपर्छ । जसले पुरै १० ओभर आफ्नो स्पेल गर्दै टोलीलाई विकेट निकालेर दिनसक्ने हुनुपर्छ ।

सधैं प्रमुख तीन बलरले सानदार प्रदर्शन गर्छन् भन्ने हुँदैन । सन्दीप, करण र सोमपाललाई साथ दिने चौथो बलरको आवश्यक देखिन्छ । ती बलरको खराब दिन हुँदा अर्कोले राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । भारीको स्थानमा किशोर महतो राम्रो विकल्प हुनसक्छन् ।

महतोले जिम्बावे ए विरुद्ध पाँच विकेट लिएका थिए । झण्डै २० ओभर पार्टटाइमबाट निकाल्दा विपक्षीले विशाल योगफल सहजै बनाउन सक्छन् । विपक्षी ब्याटरहरु पनि प्रमुख बलरलाई कम जोखिम मोल्दै पार्टटाइममा बढी रन जोड्न सक्छन् ।

३. उत्कृष्ट अन्त्य

नेपालले दुबै खेलमा अन्त्य राम्रो गर्न सकेको छैन । अमेरिकासँग नेपाल एक समय तीन समयमाथि सहजै बनाउन सक्ने राम्रो आधारबाट असफल भएको थियो । ३९ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भयो । अमेरिकाविरुद्ध नेपालले अन्तिम १० ओभरमा ५८ रन जोड्न ५ विकेट गुमाएको थियो ।

नेपालको तल्लोक्रममा आदिल अन्सारी, करण केसी र सोमपाल कामी जस्ता आक्रामक ब्याटर छन् । आदिल र करण त एकै ओभरमा खेललाई मोड्न सक्ने हार्ड हिटर हुन् । नेपालको ब्याटिङमा गहिराई छ । त्यसैले नेपालले राम्रो अन्त्य गर्नुपर्छ । राम्रो अन्त्य विना विशाल योगफल बन्न सक्दैन ।

राम्रो अन्त्यले विशाल योगफलसँगै पेभेलिएनमा राम्रो मोमेन्टका लैजाने गर्दछ । मोमेन्ट क्रिकेटको जित र हारमा धेरै फरक पार्छ ।


२. सेट भएपछि ठूलो इनिङ

नेपाली ब्याटरले सेट भएपछि ठूलो इनिङ बनाउन चुक्दै आएका छन् । कुनैपनि नयाँ ब्याटरलाई क्रिजमा रन बनाउन कठिन पर्दछ । त्यसैले एकतर्फबाट एक ब्याटरले विशाल योगफल बनाउन सक्नुपर्छ । त्यसले अर्को ब्याटरलाई पनि खेल्न सहज हुन्छ ।
ओमानविरुद्ध देव खनाल ३४ र रोहित पौडेल २० रनपछि आउट भएका थिए ।

अमेरिकाविरुद्ध रोहित ६२, आसिफ ६१ र देव ५४ रनमा आउट भएका थिए । आसिफ पूर्ण रुपमा फिट नभएको कारण खेल्न कठिन भएको थियो । रोहित र देवलाई सेट भएपछि ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । कुनैपनि टोलीले विशाल योगफल बनाउन शीर्षक्रमका चार मध्य एक ब्याटरले ठूलो इनिङ खेल्नु पर्छ नै । सबै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्नसक्दैनन् । एक ब्याटरको उत्कृष्ट प्रदर्शनलाई अन्यले राम्रो साथ दिनुपर्छ ।

नेपालविरुद्ध ओमानका जिशान मकसुद र अमेरिका स्टिभन टेलरले शतकीय इनिङ खेलेका । पहिलो खेलमा ओमानविरुद्ध अमेरिका मोनांक पटेलले १ सय ३० र सुशान्त मोदानीले १ सय ११ रनको शतकीय इनिङ खेल्दै ३ सय २३ रन बनाएका थिए ।
अमेरिका १ सय १४ रनले विजयी भएको थियो ।

दोस्रो खेलमा अमेरिकालाई १३ रनले हराउन ओमानका कश्याप प्रजापतिले १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । विपक्षी ब्याटरलाई हेर्ने हो भने क्रिजमा सेट भएपछि ठूलो इनिङमा बदलेका छन् । जुन नेपाली ब्याटरले राम्रो पाठ सिक्नुपर्छ ।

१. फिल्डिङमा सुधार

जित्नको लागि ब्याटिङ र बलिङमात्र होईन फिल्डिङमा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । दुबै खेलमा जित निकाल्न नसक्नुमा नेपालको कमजोर फिल्डिङ मुख्य कारण हो । फिल्डिङबाट नेपालले अतिरिक्त रन खर्चिदै आएको छ । कमजोर फिल्डिङले टिम र बलर दुबैको मनोबल कमजोर बनाउँदा विपक्षीको उच्च हुन्छ ।

एक जीवनदान हारको मुख्य कारण बन्छ । एक रन आउट खेलको टनिङ प्वाइन्ट बन्नसक्छ । कहिले काहीँ बलरले खराब प्रदर्शन गर्दा विकेट लिने दोस्रो आधार उत्कृष्ट फिल्डिङ नै हो । त्यसैले नेपालले जितको लागि फिल्डिङमा सुधार गर्न आवश्यक देखिन्छ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.