3 years ago
June 11, 2022
एजेन्सी – स्पिनर मोहम्मद नवाजको उत्कृष्ट बलिङमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजमाथि १ सय २० रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ ।
जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३२.२ ओभरमा १ सय ५५ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका शम्राह ब्रुक्सले ५६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । काइल मेयर्सले २५ बलमा ४ चौका र २ छक्कासहित ३३ रन जोडे ।
प्रमुख ब्याटर शाई होप ४, ब्रेन्डन किंग शून्य, निकोलस पुरन २५, रोभम्यान पावेल १० र अकिल हुसैनले १४ रन जोडे । पाकिस्तानका मोहम्मद नवाजले १० ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । मोहम्मद वासिम जुनियरले ४.२ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । सादब खानले २ र शाहिन अफ्रिदीले १ विकेट लिए ।
त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७५ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजमले ९३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए । स्पिनर अकिल हुसैनको बलमा कट एण्ड बोल्ड भएपछि बाबर लगातार चार शतक हान्नबाट चुकेका थिए ।
अर्का ओपनर इमाम उल हक ७२ बलमा ६ चौकासहित ७२ रनमा रन आउट भए । हकको ओडिआईमा यो लगातार छैटौं अर्धशतक हो । ओडिआईमा लगातार सर्वाधिक अर्धशतक ९ रहेको छ । जुन पाकिस्तानका जावेद मियाँदले सन् १९८७ मा प्रहार गरेका थिए ।
ओपनर फखर जमान १७, मोहम्मद रिजवान १५, मोहम्मद हरिस ६, सादब र खुशदील शाह २२–२२ रनमा आउट भए । मोहम्मद वासिम जुनियर १७ र शाहिन अफ्रिदी १५ रनमा अविजित रहे ।
वेस्टइन्डिजका स्पिनर अकिल हुसैनले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । एन्डरसन फिलिप र अल्जारी जोशेफले २–२ विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम ओडिआई खेल आइतबार हुनेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]