default_image

3 years ago

June 8, 2022

नेपाललाई विश्वमाझ चिनाइन् तर देशले हिरनमयीलाई चिनेन

165 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

विश्व क्रिकेटमा पछिल्लो समय एक देशका नागरिकले अर्को देशको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । कसैले आफ्नो पुस्ताको जन्मस्थानको आधारमा, त कसैले बसाइ सराइ गरेको प्रमाण देखाएर अर्को देशबाट खेल्दै आएका छन् । कतिपय देशले त राम्रो खेलाडी भएकै कारण नागरिकता दिएर आफ्नो राष्ट्रिय टोलीबाट खेल्न स्वीकृति दिँदै आएका छन् । भारत, पाकिस्तान लगायत दक्षिण एसियाली देशका केहि खेलाडी आफ्नो देशमा अवसर नपाएपछि अन्य देशको नागरिक हुँदै त्यहाँबाट खेल्न थालिसकेका छन् । नेपालमा भने यहीं जन्मिएर राष्ट्रिय टोलीबाट खेलिसक्दा समेत यो देशको नागरिक भनेर पहिचान बनाउन कठिन भएको अवस्था छ ।

गत महिना मात्र राष्ट्रिय टोलीका लागि १५ वर्षको उमेरमा नै डेब्यु गर्दै हिरनमयी धेरैको नजरमा परिसकेकी थिइन् । पहिलो खेलमा नै प्लेयर अफ द म्याच हुँदै सानदार प्रदर्शन गरेकी स्पिनर हिरनमयी रोयले दुर्भाग्यवश यू-१९ टोली र राष्ट्रिय टोली दुवैबाट विदेशी भूमिमा खेल्न नपाउने भएकी छिन् । कारण, उनलाई विदेश जान आवश्यक पर्ने कागजात तयार हुन नसक्नुले ।

जेठ पहिलो साता युगान्डासँग पाँच महिला टि२० आई सिरिजमा नेपाललाई पहिलो जित दिलाउन युवा लेगस्पिनर हिरनमयीले डेब्यू खेलमै सानदार प्रदर्शन गरिन् । पहिलो पटक टियुमा अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग अनपेक्षित प्रदर्शनका साथ सुरुवाती लगातार तीन हारका साथ सिरिज गुमाइसकेको थियो ।

लगातार तीन हारले निराश बनेको नेपाली टोलीमा हिरनमयीको आगमनसँगै खुसी फर्कियो । चौथो महिला टि२० आईमा हिरनमयीले नेपाललाई १५ रनले जिताउन ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा ९८ रनको विजयी लक्ष्य पछ्याएको युगान्डा ८२ रनमा समेटियो ।

डेब्यूमै १५ वर्षीय हिरनमयीको प्रदर्शनपछि सामाजिक सञ्जाल मात्र होईन कप्तान र प्रशिक्षकले खुलेर प्रशंसा गरे । लामो समयपछि लेग स्पिनर पाएको नेपाली महिला क्रिकेटपनि उत्साहित थियो । हिरनमयी यू–१९ महिला टोलीको बन्द प्रशिक्षणमा पोखरामा रहेको बेला प्रदर्शनबाट प्रभावित हुँदै सिनियर टोलीमा नेपालले मौका दिएको थियो ।

युगान्डासँगको खेलपछि मुख्य प्रशिक्षक टामाटाले नेपाली महिला क्रिकेटले एक बोनस खेलाडी पाएको बताएका थिए । ‘स्तरीय लेगस्पिनर पाउनु कुनै सामान्य कुरा होइन । पुरुषमा त कम हुन्छ भने महिलामा पाउनु नेपाली क्रिकेटको लागि बोनस हो’, टामाटाले भनेका थिए ।

उक्त प्रदर्शनपछि हिरनमयीले सिनियर टोलीको पहिलो रोजाईमा नियमित खेल्ने अनुमान गरिएको थियो । तर सिनियर होईन उनी यू–१९ टोली मै परिनन् । मलेसियामा जारी यू–१९ महिला विश्वकप छनोटमा उनीबाट ठूलो अपेक्षा गरेको थियो । तर जेठ १४ मा घोषणा यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको नेपाली अन्तिम टोलीमा उनी थिइनन् । सिनियर टोलीमा सानदार प्रदर्शनका बाबजुद उनी यू–१९ टोलीमा नहुँदा धेरै आश्चर्यमा परे । क्यानले उनी नपर्नुको कारण आधिकारिक रुपमा खुलाएको छैन ।

टमाटा राय टोलीमा नहुँदा बलिङ आक्रामणमा सन्तुलनमा कमी आउने बताउँछन् । ‘हिरनमयी टिमलाई चाहिँने बलर हो । उनी टोलीमा हुँदा सन्तुलन मिलेको थियो’, टमटाले भने ।

मलेसियामा हुने एसिसी महिला टि२० च्याम्पियनसिपको लागि यसै साता नेपाली महिला टोली बन्द प्रशिक्षणमा बोलाउँद उनी पर्न सकिनन् । त्यसको मुख्य कारण उनको बुबा र आमासँग नेपाली नागरिकता छैन । बाबुआमासँग नागरिकता नभएको कारण उनको ट्राभल डकुमेन्ट बन्न सकेको छैन । त्यसैको कारण नेपाली महिला क्रिकेटकी हिरा मानिएकी हिरनमयीले लगातार दुई विदेश भ्रमण गुमाइन् । कहिले सम्म गुमाउनु पर्ने हो कसैलाई थाहा छैन ।

झापाको दमकमा सामान्य चिया पसल गर्ने उनका बुबा विरेन राय र आमा अनिमाको लागि छोरीको नेपाली टोलीमा डेब्यू सबैभन्दा खुसीको क्षण थियो । गरिबी र दुःखबाट संघर्ष गरिरहेका राय परिवारको लागि यो सफलता संसार जिते भन्दा कम थिएन । तर त्यो जितको खुसी धेरै समय कायम रहेन । राष्ट्रिय टोलीका लागि खेलिसक्दा पनि उनीसँग नेपालको नागरिक हो भन्ने आधिकारिकताको लागि कागजपत्र बन्न सकेको छैन ।

हिरनमयीको जन्म २०६३ साल चैतमा झापाको दमक ४ मा भएको हो । उनका बुबा विरेन भारतको वेस्ट बंगालबाट सानो उमेरमै नेपाल आएका थिए । २०३६ साल देखि नेपालमा रहँदै आएका उनीसँग नागरिकता भने छैन ।

‘म सानैमा नेपाल आए । यहि साथीभाई देखि हलि बसेर जुनि बित्यो । छोरीछोरी यहि जन्मे । अहिले सम्म यहाँनै छु, मसँग नेपाली नागरिकता छैन । आगमी चुनाव अघिसम्म बनाइदिने आश्वासन पाउँदै आएको छु’, विरेनले भने ।

त्यसैमा उनले थपे, ‘मेरो साना चिया पसल छ । बडो दुःखका साथ केटाकेटीलाई पढाउँदै छु । म क्रिकेट प्रेमि मान्छे हु । मलाई खेल साह्रै मनपर्छ ।’

हिरनमयीका बुवा विरेन, आमा अनिमा तथा जुम्ल्याहा वहिनी हैमवती

‘क्यानले गृह मन्त्रालयमा सम्पर्क राख्नु भएको छ वा छैन हामीलाई थाहा भएन भनेर वहाँँ सिडियोले भन्नुभयो । हामी प्रयास गर्छौ भनेर गृह सचिवले भन्नु भएको सुनेका छौं ‘, विरेनले भने । विरेनले आगमी संघिय चुनावअघि नागरितकता पाउने आश्वासन पाएका छन् ।

दमकको कृष्णमन्दीर नजिकै सानो चिया पसल उनीहरुको जीवनको आधार हो । त्यहि चिया पसलबाट तीन छोरीछोरीको पेट पाल्नुको साथै भविष्य निर्माण गर्नुपर्ने बाध्यता छ । हिरनमयीको जुम्ल्याहा वहिनी हैमवती प्रदेश स्तरिय क्रिकेट खेल्ने गर्दछिन् । भाई सायन पनि क्रिकेट एकेडेमीमा जान्छन् ।

विरेन आफ्नो छोरीले देशको लागि खेलेको देख्दा आनन्द लागेको बताए । ‘छोराछोरीले प्रगति गर्यो भने बाबुआमाको मन कस्तो प्रफुल्ल हुन्छ त्यो शब्दमा व्यक्त गर्न सायद सकिदैन । म भन्दा खुसी अरु कोही छैन जस्तो लाग्छ । म मात्र होईन सबै खुसी छन् । अब कसरी हुन्छ बाहिर खेल्न जाने मिलोस्’, विरेनले भावुक हुँदै भने ।

कागजपत्रमा समस्याकै कारण आफ्नो प्रतिभा देखाउन नपाउँदा विरेन दुखित छन् । ‘नागरिकता त अहिले बन्ने भएन । तर नाबालिक परिचय पत्र बनाउन हाम्रो नभएपछि अलि अप्ठ्यारो भयो । उता गृह मन्त्रालयमा फोन गरेका थियौं । क्यान र जिल्लाबाट पनि सहयोगको आश्वासन पाएका छौं’, उनले भने ।

विरेनले आफ्नो व्यक्तिगत स्वार्थ भन्दापनि समाजका लागि योगदान दिन खेलकुद राम्रो आधार भएको बताउँछन् । ‘समाजलाई केहि दिऊँ भन्ने सधैं मेरो सोच छ । तीन चार लाखको जाखिर खानेले आफ्नो स्वार्थको लागि गर्दछन् । आफ्नो ठाउँ र राष्ट्रलाई केहि दिन प्रायः जसोले चाहँदैनन् । मान्छे भएर राष्ट्रको लागि केहि गर्न पाएँ भने आफ्नो जन्म सार्थक हुन्छ भन्ने मेरो सोच छ । मेरो छोरा छोरीले देशको लागि योगदान दिनु मेरो लागि सब थोक हो ‘, उनले भने ।

हिरनमायले श्री कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १० सम्म पढेकी छिन् । यस वर्ष युगान्डाविरुद्ध सिरिज खेल्ने टोलीमा छनोट भएकै कारण उनले एसईई भने दिन पाइनन् । हिरनमयी यसपटक यू-१९ राष्ट्रिय टोलीबाट खेल्न नपाएपनि पछि खेल्न पाउने भन्दै चित्त बुझाउछिन् ।

‘मनमा त्यस्तो अहिलेसम्म केहि लागेको छैन । यो खेल खेल्न पाएपनि अरु खेलहरु त खेल्न पाइन्छ होला नि’, हिरनमयीले भनिन्,’ अहिले खेल्न नपाएपनि पछिको खेलहरु खेल्न पाउँछु भन्नुभएको छ । निराश नहुनु र अभ्यास गर्नु भरेर सिनियर खेलाडी र प्रशिक्षकहरुले सम्झाउँदै आउनु भएको छ । त्यसैले आफ्नो अभ्यासमा ध्यान दिइरहेको छु’, उनले भनिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले उनको लागि आवश्यक कागजपत्र तयार पार्न पहल गरिरहेको जनाएको छ । ‘रायको लागि हामीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएका छौं । राखेपबाट मन्त्रालयमा जान्छ होला । हामीले सबै कुरा राखेपलाई जानकारी दिइसकेका छौं । राम्रो खेलाडीको हिसाबले सरकारले ट्राभल डकुमेन्ट्र राज्यले दिन्छ की हेरौं’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने ।

हिरनमयी नेपाली क्रिकेटमा देखा परेको धेरै समय भएको छैन । गत फागुनमा काठमाडौंमा भएको ललितपुर वुमन्स टि२० च्याम्पियनसिप मार्फत प्रदेश १ बाट खेल्दै घरेलु क्रिकेटमा देखापरिकी हुन् । चैतमा धनगढीमा भएको यू–१९ राष्ट्रिय प्रतियोगितामा राम्रो छाप छाडेपछि उनी बन्द प्रशिक्षणमा परेकी हुन् ।

नेपाली क्रिकेटको अभिभावक भनेको क्यान नै हो । क्यानले सम्बन्धित निकायसँग पहल गर्दै हिरनमयीलाई विदेशमा खेल्न जाने बाटो खोलिदिनु पर्छ । कम्तिमा उनले विदेशी भूमिका खेल्न पाउन सके आगमी दिनमा नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्याउन सक्छिन् ।

सरकारले खेलाडीलाई देशको गहना भन्ने गर्दछ । सरकारले पनि गहना चम्किने वातावरण भने मिलाइदिन सक्नुपर्छ । हिरनमयीको समस्या समाधान गर्न नेपाल सरकार देखि सम्पूर्ण सम्बन्धित निकायले यथाशिघ्र काम गर्न आवश्यक देखिन्छ । अन्यथा नेपाली क्रिकेट मात्र नभएर समग्र खेलकुदले नै एक प्रतिभा गुमाउनु पर्ने हुन्छ ।

February 6, 2025

नेदरल्याण्ड्सलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा थाइल्याण्ड

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

Success

Thank you for your time.