3 years ago
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप छनोटमा नेपालले आज बलियो थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरु हुनेछ ।
नेपाललाई शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्पकप खेल्न अंक गणीतिय झिनो आशा कायमै राख्न अविश्वसनिय फराकिलो जित निकाल्नुपर्ने हुन्छ । अविश्वसनिय जितसँगै युएईले कम्तिमा एक खेलमा त्यतिनै फराकिलो अन्तरले हार्नुपर्छ ।
आजको खेलमा पराजित भएमा नेपालको विश्वकप सपना समाप्त हुनेछ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो ।
तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराउँदै झिनो आशा जीवित पारेको थियो । यता थाईल्यान्ड लगातार चौथो जित निकाल्ने सोचमा छ । युएई थाईल्यान्डभन्दा नेटरनरेटमा माथि हुँदा फराकिलो जित निकाल्न चाहन्छ । थाईल्यान्डलाई नेटरनरेटको दबाब हुनेछ ।
थाईल्यान्डले मलेसियालाई ८५ रन, भुटानलाई १ सय ३० रन, कतारलाई ६९ रनले हराएको थियो । थाईल्यान्डकी ओपनर बंथिदा लीफथाना, मध्यक्रमकी फनिता माया र नानथिता बूनसुखाम प्रमुख खेलाडी हुन् ।
भुटानलाई हराउन नेपालकी सनु राजवंशीले ३० रन जोडेकी थिइन् । सनुसँगै साना प्रविन, सृष्टि जैशी र मनिषा उपाध्य नेपालका प्रमुख हतियार हुन् । पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाएकी स्पिनर मनिषाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्वकप खेल्न पाउनेछन् । युएईसँगको लज्जास्पद १० विकेटको हारले नेपालको अघिल्लो चरण लगभग सकिएको छ ।
अंक तालिका :
युएई ३ खेलमा ६ अंकका साथ नेटरनरेट ८.३५२ को साथ शीर्षस्थानमा छ । थाईल्यान्ड ३ खेलमा ६ अंकका साथ नेटरनरेट ४.७३३ को साथ दोस्रो स्थानमा छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जितका साथ चौथो स्थानमा छ । समान खेलका साथ कतार र भुटान अंक विहीन हुँदै पुछारमा छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]