default_image

3 years ago

June 5, 2022

नेपालले सुवासलाई टोलीमा बोलायो

253 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले विकेटकिपर तथा ओपनर सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ को लागि अमेरिका भ्रमणको लागि टोलीमा बोलाएको छ । अमेरिकामा टोलीसँगै रहेका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि नेपालले सुवास खकुरेललाई टोलीमा बोलएको हो ।

क्यानले अमेरिकासँग खेल्ने पहिलो खेल जेठ २६ मा आसिफ र कुशल खेल्नेमा शंकास्पद भएपछि सुवास खकुरेललाई बोलाएको छ । अनुभवी विकेटकिपर खकुरेलले बन्द प्रशिक्षणको क्रममा भएको अभ्यास खेलमा ब्याटिङ र किपरमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा बोलाएको जनाएको छ ।

आसिफ पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग खुट्टामा चोटका कारण १ रनमा रिटार्य हर्ट भएका थिए । आसिफको घुँडामा चोट लागेको थियो । कुशल नेपाली अल स्टार्ससँग रोयल डक र ह्युस्टन हरिकेन्सविरुद्ध १ रनमा आउट भएका थिए । कुशलको फिल्डिङ गर्नेक्रममा तीघ्रामा चोट लागेको थियो ।

नेपालका अनुभवी विकेटकिपर खकुरेलले ५ ओडिआई, ८ टि२० आई र १३ लिष्ट ए खेल खेलेका छन् । खकुरेलले पछिल्लो पटक २०२० मा टियुमा भएको ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडिआई सिरिजनै नेपालबाट खेलेका थिए । दुबै ओपनर घाइते हुँदा पहिलो खेलमा खकुरेल र सुनिल धमलाले नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको थियो । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.