default_image

3 years ago

June 3, 2022

नेपाली अल स्टार्सविरुद्ध आरिफको अर्धशतक

252 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको छ ।


आरिफ शेख ७० बलमा ४ चौका र १ छक्कासहित ५४ रनमा अविजित छन् । आरिफले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । करण केसीले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे । खराब सुरुवात गरेपनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए ।

ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे । रोहित आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । रोहितले २३ बलमा २ चौकासहित १६ रन बनाए ।

बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । आसिफ रिटार्य भएपछि धमला ब्याटिङमा आएका थिए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा आउट भए । देवले ५६ बलमा १ चौका सहित २० रन जोडे । विनोद स्पिनर मार्टिन कैनको ३२ औं ओभरको पाँचौं बलमा एक्स्ट्रा कभरमा ५१ बलमा ३ चौकासहित २६ रनमा पृथु बास्कोटाबाट क्याच आउट भए ।

सोमपाल कामी कैनको ३५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा २० बल खेल्दै २ रनमा क्याच आउट भए । कैनले आदिललाई ९ रनमा विकेटकिपरबाट क्याच गराउँदा नेपाल ३८.३ ओभरमा १३५–७ को अवस्थामा पुगेको थियो ।


त्यसपछि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । तर धेरै समय क्रिजमा बिताउन भने पाएनन् । करण मोहम्मद इलयासको ४२ औं ओभरको चौथो बलमा उपरकट सट खेल्नेक्रममा विकेटकिपरबाट क्याच आउट भए ।

January 8, 2025

सन्दीपले बनाए जय ट्रफीमा २ नयाँ कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् । जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी रहेको खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् । उनले २२ ओभरमा दुई विकेट लिएर १ सय […]

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

Success

Thank you for your time.