3 years ago
June 2, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०१६ का च्याम्पियन विपुल शर्मा आज राती हुने नेपालले खेल्ने नेपाली अल स्टार्सको टोलीबाट खेल्ने भएका छन् ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न अमेरिका पुगेको नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज राती ९ : १५ मा नेपाली अल स्टार्ससँग खेल्दैछ । त्यसमा भारतीय खेलाडी विपुल शर्मा सर्वाधिक ठूला नाम गरेका खेलाडी हुन् ।
सन् २०१६ मा हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराउँदै च्याम्पियन बन्दा विपुल टोलीमा थिए । उनी बायाँ हाते स्पिन अलराउन्डर हुन् ।
फाइनलमा उनले ५ रन बनाउनुको साथै एवि डिभिलियर्सलाई ६ रनमा आउट गर्दै उपाधि सहज बनाएका थिए । उनले ३३ आइपिएल खेलमा १७ विकेट लिएका थिए । उनले पन्जाब किंग्सबाट २०१० मा बेंगलोरविरुद्ध डेब्यू गरेका थिए । हैदराबादबाट २०१७ मा कोलकाताविरुद्ध अन्तिम खेल खेलेका थिए ।
२०१६ को दोस्रो क्वालिफायरमा शर्माले ११ बलमा ३ छक्कासहित २७ रनमा अविजित रहँदै फाइनलमा पुर्याएका थिए । गतवर्ष चण्डीगढबाट विजय हजारे र शैद मुश्ताक अली ट्रफी खेलेका उनको प्रदर्शन सम्झन लायक नरहेपछि भारतीय क्रिकेटबाट सन्न्यास लिँदै अमेरिका लागेका थिए ।
उनले ५९ प्रथम श्रेणी खेलमा ८ शतक र १७ अर्धशतकसहित उनले ३ हजार १२ रन बनाउनुको साथै १ सय २६ विकेट लिएका छन् । ९६ लिष्ट ए र १ सय ५ लिष्ट ए मा उनको अनुभव छ । रणजी ट्रफीमा २०२० मा उनले मिनापुरविरुद्ध २ सय रनको शतकीय इनिङ खेलेका थिए ।
न्युजिल्यान्डका पूर्व अलराउन्डर कोरी एन्डरसनले भने नेपालविरुद्ध नखेल्ने भएका छन् । छोरीको जन्म भएसँग उनले गुमाउने भएका छन् । अल स्टार्सको कप्तानी पृथु बाँस्कोटाले गर्दा नेपालका अनुभवी बलर वसन्त रेग्मी पनि हुनेछन् ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]