3 years ago
June 2, 2022
एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो ।
जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा सुशान्त मोदानीले १ सय २ बलमा ६ चौकासहित ७० रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । कप्तान मोनाक पटेल ४९, गजानन्द सिंह २९ र स्टिभन टेलरले १४ रन बनाए ।
युएईका कप्तान अहमद राजाले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । बासिल हामिद, अकिफ राजा र राहुल भाटियाले १–१ विकेट लिए । त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । युएईका सिपी रिजवानले ९३ बलमा ५ चौकासहित ६७ रनको इनिङ खेले । चिराग सुरी २३, वृत्य अरविन्द १९ र बासिल हामिद ३२ रनमा आउट भए । कासिफ दाउद र राहुल भाटियाले २४–२४ रन बनाए ।
अमेरिका अलि खान र क्यामरन स्टिभन्सनले २–२ विकेट लिए । अमेरिकाले शनिबार युएईसँगनै खेल्नेछ । यो सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सुरुहुनेछ । नेपाल अमेरिका पुगि सकेको छ ।
अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा छ । युएई २० खेलमा १० मा जित र ८ मा हार सहित तेस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]