default_image

3 years ago

May 31, 2022

यू-१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेल्ने टोलीको बिदाई गरेको छ । क्यानले मंगलबार एक कार्यक्रम गरि बिदाई गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाई गरेका थिए । टोलीका मुख्य प्रशिक्षक महेश रिजालले एक महिनादेखि प्रशिक्षणमा यहाँ उपलब्ध स्रोत र साधनमा राम्रो तयारी गरेको बताए । ‘हामीले एक महिनादेखि राम्रो तयारी गरेका छौं । हाम्रो तयारी पूरा भएको छ । शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने छौ’, प्रशिक्षक रिजालले भने । त्यस्तै कप्तान कृतिका मरासिनीले टोलीले विश्वास गरेर कप्तान दिएको बताइन् । कृतिकाले पनि राम्रो खेल्दै विश्वकपमा छनोट हुने बताइन् ।

जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगिताको लागि नेपालले १४ सदस्य टोली घोषणा गरेको छ । ६ देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० यू-१९ महिला विश्वकप खेल्न पाउनेछ । पहिलो पटक हुन लागेको यू-१९ महिला विश्वकपमा नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टोली हो । नेपालले यू-१९ प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् । चीन र म्यानमारले भने सहभागीता नजनाउने भएका छन् ।

नेपालले दुई महिला अघि धनगढीमा सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ४४ सदस्य बन्द प्रशिक्षणमा बोलाएको थियो । पोखरामा केहि समय प्रशिक्षणपछि काठमाडौंमा राखेर प्रशिक्षण गराएको थियो । १५ भन्दा भन्दा कम उमेरका कारण नेपाली महिला टोलीकी भविष्य मानिएको ज्योत्स्निका मरासिनीले भने छनोट गुमाउने छिन् ।

सिनियर प्रतियोगितामा राम्रो छाप छाडेकी ज्योत्स्निका यू-१९ राष्ट्रिय प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । अघिल्लो साता नेपाली टोलीबाट युगान्डाविरुद्ध डेब्यू गर्दै प्लेयर अफ द म्याच चुनिएकी स्पिनर हिरन्मई राय भने आन्तरिक कारण टोलीमा हुने छैनिन् ।

कृतिका, सृष्टि जैसी, सुस्मिता भुषाल र साना प्रविनले सिनियर टोलीको घरेलु प्रतियोगितामा पनि राम्रो छाप छाडेका छन् । यी खेलाडीको प्रदर्शन छनोटमा धेरै महत्वपूर्ण हुनेछ ।

नेपाली यू-१९ महिला टोली :

कृतिका मरासिनी(कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ(विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

नेपालको खेल तालिका

जेठ २० (जुन ३ ) – नेपालविरुद्ध कतार

जेठ २१ (जुन ४ ) – नेपालविरुद्ध युएई

जेठ २३ (जुन ६ ) – नेपालविरुद्ध भुटान

जेठ २४ (जुन ७ ) – नेपालविरुद्ध थाईल्यान्ड

जेठ २५ (जुन ९ ) – नेपालविरुद्ध मलेसिया

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.