default_image

3 years ago

May 29, 2022

खेलकुदमा बजेट घट्यो, टियुमा रातमा पनि खेल

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदतर्फ बजेट घटेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ छुट्टाएका छन् ।

यसअघि सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ का मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनयोजन गरेको थियो। चालु आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई २ अर्ब ९ करोड विजियोजन गरेको छ।

खेलकुद पर्यटनको प्रवर्दनका लागि सार्वजनिक निजि साझेदारीमा साहसिक तथा पर्वतिय खेलकुदका पुर्वाधार निमार्ण र सञ्चालन, जुम्लामा हाई अल्टिच्युट स्र्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्न बजेट विनियोजन गरेका छन् । लामो समयदेखि निर्माणधिन मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा सकिने जनाएका छन् ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियुमा रात्रिकालिन खेल सञ्चालन गर्न स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरेको छ। अर्थात टियुमा फ्लड लाइटको ब्यवस्था गरिने छ । रातीमा खेल्नको लागि फ्लड लाइटको आवश्यकता पर्ने गर्दछ ।

प्रदेश र स्थानिय तहको सहकार्यमा चितवनमा निमार्णाधिक गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण पूरा गर्ने व्यवस्था जनाएका छन् । त्यस्तै आर्थिक वर्षमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन । दशौ खेलकुदका लागि पुर्वाधार निमार्ण गर्ने उल्लेख गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले खेल पुर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको जानकारी दिएका हु्न् ।

खेलकुद विकासको २० वर्षे गुरुयोजना निमार्ण गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ। फ्रेन्चाइज लिग आयोजना गर्न अनुकुल वातावरण बन्ने । खेल संघलाई दिदै आएको अनुदान र सुविधा वृद्धि, एशियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजिवन मासिक जिवन वृत्तिको व्यवस्था गर्ने प्रबन्ध मिलाईएको छ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.