default_image

2 years ago

May 29, 2022

स्कटल्यान्डमाथि घरेलु टोली अमेरिकाको सानदार जित

200 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर सौरभ नेत्रवालकरको कीर्तिमानी बलिङको सहयोगमा अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ ।


जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय ६ रनमा अल आउट भयो । स्कटल्यान्डका जर्ज मुन्शेले ५३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए । कलुम म्याकलेड ४०, कप्तान काइल कोट्जर २८, म्याथ्यु क्रस ६ र रिची ब्रेङटन २४ रनमा आउट भए ।

अमेरिकाका सौरभ नेत्रवालकरले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ५ विकेट लिए । उनी अमेरिकाबाट ओडिआईमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । निर्सग पटेलले २ विकेट लिए ।

त्यसअघि च्याइस मुसा स्टेडियम परल्यान्डमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । अमेरिकाका ओपनर सुशान्त मोदानीले ९२ बलमा ६ चौकासहित सर्वाधिक ७७ रन बनाए । गजानन्द सिंहले ३९ बलमा ८ चौका र १ छक्कासहित ६० रनमा अविजित रहे ।

ओपनर स्टिभन टेलर ४२, कप्तान मोनाक पटेल २९, आरोन जोन्स ३५ र निर्सग पटेलले ३४ रन बनाए । स्कटल्यान्डका एड्रियन निलले २ विकेट लिए । अमेरिकाले आज राती नै स्कटल्यान्डसँग दोस्रो खेल खेल्नेछ । यस त्रिकोणात्मक सिरिजमा अमेरिका, स्कटल्यान्ड र युएई छन् । त्यसपछि नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

अमेरिका १७ खेलमा ८ मा जित र ९ मा हार सहित चौथो स्थानमा छ । स्कटल्यान्ड १७ खेलमा ११ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.