default_image

2 years ago

May 28, 2022

‘क्यानले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक’ – खेलकुदमन्त्री

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक हुने बताएका छन् । शनिबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न अमेरिका जाने नेपाली टोलीलाई विदाई गर्नेक्रममा खेलकुदमन्त्री गहतराजतले उक्त प्रतिक्रियता दिएका हुन् ।

‘पक्कैपनि अमेरिका भ्रमण महत्वपूर्ण अवसर हो । हामीले विश्वको एउटा ग्रास रुट देखि नै विकास गरेको देश र विश्वमै आफूलाई विकसित देशको रुपमा खडा गरेको अमेरिकामा हाम्रो नेपाली क्रिकेट टोली पहिलो पटक खेल्न जादैछ । तपाईंहरुको उत्कृष्ट प्रदर्शनले त्यहाँ खेल्ने अवसर भएको छ’, खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने ।

‘मलाई लाग्छ तीन देशको खेलको बीचमा हामी तपाईहरु उत्कृष्ट भएको हेर्न चाहन्छौं । म त्यसको लागि शुभकामना दिन चाहन्छु’, खेलाडीलाई विदाई गर्दै उनले भने ।

इपिएलले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित रहेको र यो प्रक्रिया पारदर्शी नभएको भन्दै विरोध जनाउँदै आएको छ । इपिएल र सहभागी टोलीले प्रतियोगिता आयोजना गर्न दिएको निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) को मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । त्यसैलाई लक्षित गर्दै खेलकुदमन्त्री गहतराजतले सबै समस्या नेपालमै समाधान हुने बताएका छन् ।

‘ यो सामुहिक खेल हो । एउटाले राम्रो गरेर मात्र हुँदैन । सबैले त्यहिँ गतिमा खेल्नुपर्छ । विगदका समस्यालाई सुधार गर्दै खेल्नुपर्छ । खेलमा भावना, विचार र उदेश्यको विचारमा एक हुँदा हुँदै सामान्य गति हुन्छ । त्यसलाई सुधार गर्नुहुनेछ’, गहतराजले भने । त्यसैमा थपे, ‘नेपाललाई सम्झिएर खेल्नुहुनेछ । आफ्नो देशबाट बाहिर जादा देशभित्रका समस्या सम्झिनु हुँदैन । हाम्रो देश महान् छ । हामी महान् छौं र देशलाई महान् बनाउनुपर्छ भन्ने सम्झनुपर्छ ।’

‘क्यानभित्र थुप्रै समस्या छन् । नेपाल भित्र थुप्रै समस्या देखिएका छन् । नेपाल टि२० लिगको एउटा तयारीमा छौं । त्यहिँ तयारीमा भएको बेला एउटा नकारात्मक परिघटना तपाईंहरुले सुनी राख्नु भएको छ । यी समस्याको समाधान हामी नेपालमै गर्छौ । किनकी नेपालमा क्रिकेटको आधिकारीक निकाय भने क्याननै हो । क्यानले जे खेल सञ्चालन र प्रतियोगिता आयोजना गर्छ त्यो नै आधिकारीक हो’, उनले भने ।

इपिएलले नेपाल टि२० लिग आयोजना भएपछि पनि आफूहरुले आयोजना गर्न पाउने बताउँदै आएका थिए । तर क्यानले एक देशमा एउटा मात्र लिग हुने हुँदा इपिएललाई मान्यता दिन नसक्ने जनाएको थियो ।

अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.