3 years ago
May 28, 2022
धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमा कब्जा गरेको हो ।
१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८ ओभर ३ बलमा १ सय १८ रन मात्रै बनाउन सक्यो । दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए ।महेन्द्रनगरका सन्तोष भट्टले ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान समान २ तथा राहुल भण्डारी र विकास आग्रीले समान समान १ विकेट लिए ।
त्यसअघि धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए ।
राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३ रन बटुले । लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले समान २ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १ विकेट लिए । सन्तोष भट्ट फाइनल खेलको प्लेयर अफ दी म्याच घोषित भए ।
विजेता महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता लिटल फ्लावरले १ लाख रुपैयाँ हात पा¥यो । लिटल फ्लावरका दीपक बोहरा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै धनगढीका राजु रिजाल उत्कृष्ट ब्याटर र धनगढीकै हिक्मत महरा उत्कृष्ट बलर घोषित भए । उनीहरूले समान ७ हजार ५ सय हात पारे ।
विजयी टोली तथा खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको थियो ।
December 17, 2024
भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]
December 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]