3 years ago
May 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगका ६ टोलीको नाम सार्वजनिक भएको छ । मंगलबार बसेको बोर्ड बैठकलले नेपाल टि२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवा मध्य एक हुने गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो ।
त्यस्तै क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अवदेखि राष्ट्रिय मान्यता नपाउने भएका छन् । क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै धन्यावाद सहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको छ । इपिएल सहित तीन फ्रेन्चाइज लिगले क्षेत्रिय संरचनामा भने आयोजना गर्न अनुमति दिन सक्ने जनाएको छ ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]