2 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा राजस्थान रोयल्सविरुद्ध गुजरात टाइटन्सले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । इडेन गार्डेन कोलकातामा गुजरातका कप्तान हार्दिक पान्ड्याले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
गुजरातले आजको खेलमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर लोकी फर्गुसनको स्थानमा अल्जारी जोशेफलाई मैदान उतारेको छ । राजस्थानले भने टोलीमा परिवर्तन गरेको छैन ।
राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ । नव टोली गुजरात पहिलो प्रयासमै फाइनलमा पुग्न चाहन्छ । राजस्थान २००८ को च्याम्पियन टोली हो । राजस्थानका ओपनर जस बटलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पछिल्ला तीन खेलमा बटलर दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।
सुरुवाती समय उच्च लयमा रहँदै बटलरले १४ खेलमा ३ मा शतक र ३ मा अर्धशतक सहित ६ सय २९ रन बनाएका छन् । पछिल्ला पाँच खेलमा अर्धशतक विहीन बटलर आज निर्णायक बन्नसक्छन् । यस सिजनमा राजस्थानको बलिङ आक्रामण उत्कृष्ट छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, ओबेद म्याकोय र प्रसिद्ध कृष्णा छन् । स्पिनरमा युजभेन्द्र चहल र आश्विन छन् । चहल यस सिजनमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले २६ विकेट लिएका छन् ।
ओपनर ऋद्धिमान शाहले ९ खेलमा ३ मा अर्धशतकसहित ३ सय १२ रन बनाएका छन् । हार्दिक पान्ड्या प्रमुख खेलाडी हुन् । हार्दिकले यस सिजनमा ४ अर्धशतकसहित कुल ४ सय १३ रन बनाएका छन् । हार्दिकको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेविड मिलर र राहुल टेवाटिया गुजरातका फिनिसर हुन् ।
गुजरातका तीव्र गतिका बलर मोहम्मद शामी, ल्योकी फर्गुसन र अल्जारी जोशेफ छन् । विश्व स्टार राशिद खान गुजरातका हतियार हुन् । उनले १८ विकेट लिई सकेका छन् । उनको प्रदर्शन मध्यक्रममा निकै महत्वपूर्ण हुनेछ । यस अघि लिगको खेलमा राजस्थान गुजरातसँग ३४ रनले पराजित भएको थियो ।
राजस्थानको प्लेइङ ११ : यशस्वी जैसवाल, जस बटलर, सन्जु स्यामसन(कप्तान तथा विकेटकिपर), देवदत्त पाडिक्कल, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, रियान पराग, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण, युजभेन्द्र चहल, र ओबेद म्याकोय ।
गुजरातको प्लेइङ ११ : ऋद्धिमान शाह(विकेटकिपर), शुभमन गिल, म्याथ्यु वेड, हार्दिक पान्ड्या, डेविड मिलर, राहुल टेवाटिया, राशिद खान, रवि साई किशोर, यश दयाल, अल्जारी जोशेफ र मोहम्मद शामी ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]