3 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् ।
राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ । नव टोली गुजरात पहिलो प्रयासमै फाइनलमा पुग्न चाहन्छ ।
राजस्थान २००८ को च्याम्पियन टोली हो । राजस्थानका ओपनर जस बटलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पछिल्ला तीन खेलमा बटलर दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।
सुरुवाती समय उच्च लयमा रहँदै बटलरले १४ खेलमा ३ मा शतक र ३ मा अर्धशतक सहित ६ सय २९ रन बनाएका छन् । पछिल्ला पाँच खेलमा अर्धशतक विहीन बटलर आज निर्णायक बन्नसक्छन् । पछिल्लो खेलमा अर्का ओपनर यशस्वी जैसवालले चेन्नईविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
राजस्थान बटलर र जैसवालबाट उत्कृष्ट सुरुवात चाहन्छ । सञ्जुले यो सिजनमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । कप्तानी प्रदर्शनको दबाब पनि छ । रविचन्द्रन आश्विन, शिम्रन हेटमायर र रियान परागले मध्यक्रम सम्हाल्ने छन् । यस सिजनमा राजस्थानको बलिङ आक्रामण उत्कृष्ट छ ।
तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, ओबेद म्याकोय र प्रसिद्ध कृष्णा छन् । स्पिनरमा युजभेन्द्र चहल र आश्विन छन् । चहल यस सिजनमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले २६ विकेट लिएका छन् । चहलको प्रदर्शनले धेरै महत्व राख्नेछ । यता गुजरातको टोली पनि सन्तुलित छ । ओपनरमा ऋद्धिमान शाहले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
तर शुभमन गिलको प्रदर्शन पछिल्ला खेलमा त्यति राम्रो छैन । ऋद्धिमानले ९ खेलमा ३ मा अर्धशतकसहित ३ सय १२ रन बनाएका छन् । हार्दिक पान्ड्या प्रमुख खेलाडी हुन् । हार्दिकले यस सिजनमा ४ अर्धशतकसहित कुल ४ सय १३ रन बनाएका छन् । हार्दिकको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेविड मिलर र राहुल टेवाटिया गुजरातका फिनिसर हुन् ।
गुजरातका तीव्र गतिका बलर मोहम्मद शामी, ल्योकी फर्गुसन र अल्जारी जोशेफ छन् । विश्व स्टार राशिद खान गुजरातका हतियार हुन् । उनले १८ विकेट लिई सकेका छन् । उनको प्रदर्शन मध्यक्रममा निकै महत्वपूर्ण हुनेछ । यस अघि लिगको खेलमा राजस्थान गुजरातसँग ३४ रनले पराजित भएको थियो ।
उक्त खेलमा हार्दिकले ८७ रनको अविजित इनिङ खेलेका थिए । गुजरात १४ खेलमा १० मा जितका साथ शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको हो । राजस्थान समान खेलमा ९ मा जितका साथ दोस्रो स्थानमा रहेर क्वालिफायर खेलेको हो । यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि थप एक अवसर पाउनेछ ।
आज पराजित टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।
December 17, 2024
भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]
December 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]