8 years ago
December 10, 2016
भारत (एजेन्सी) – इङ्ल्याण्डबिरुद्ध तेस्रो दिनमा भारतले ब्याटिङ जारी राख्दा कप्तान कोह्लिले सचिन तेन्दुल्कर्, राहुल ड्रभिड र सुनिल गभास्करको किर्तिमान तोडेका छन ।
तेस्रो दिनको अन्त्यमा १४७ रनमा अभिजित रहेका कोह्लिले १ बर्षमा सबै भन्दा धेरै रन जोड्ने भारतिय खेलाडी भएका छन । २०१६मा १७ इनिङ्स खेल्दै ७०को औसतमा १११२ रन जोडेका कोह्लिले ड्रभिड (२००६मा २२ इनिङमा १०९५) , सचिन (११९७मा १७ इनिङमा १०००), र गभास्कर (१९७९मा २० इनिङमा १०१३) सबैलाई जितेका छन ।
कोह्लिलाई ब्याटिङमा साथ दिदै ओप्नर मुर्ली बिजेले १३६ रन जोडेर आउट हुँदा तेस्रो दिनको अन्त्य सम्म भारतले ७ विकेट गुमाउदै ४५१ रन जोडेको छ । हाल भारतले ५१ रनको अग्रता लिएको छ । इङ्ल्याण्डका लागी मोइन अलि र रासिदले समान २-२ विकेट लिए ।
November 24, 2024
एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]
November 24, 2024
एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]