default_image

2 years ago

May 18, 2022

कोलकातामाथि रोमाञ्चक जितसँगै लखनऊ प्लेअफमा

87 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै प्ले अफमा पुगेको छ । योसँगै प्लेअफमा स्थान बनाउने लखनऊ दोस्रो टोली बन्दा कोलकाता बाहिरिने तेस्रो टोली बनेको छ ।


जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनायो । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २१ रन चाहिँएको थियो । रिन्कु सिंहले मार्कस स्टोइनिसलाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै अप्रत्याशित जित नजिक पुर्याएका थिए ।

चौथो बलमा दुई रन बटुले । दुई बलमा तीन रन चाहिँएको अवस्थामा स्टोइनिसले रिन्कुलाई इविन लेविस र अन्तिम बलमा उमेश यादवलाई बोल्ड गर्दै रोमान्चक जित दिलाए । रिन्कु सिंह १५ बलमा २ चौका र ४ छक्कासहित ४० रनमा आउट भए ।

कोलकाताका कप्तान श्रेयस ऐरले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । साम विलिंग्स २४ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा आउट भए । सुनिल नारायण ७ बलमा ३ छक्कासहित २१ रनमा अविजित रहे ।

तीव्र गतिका बलर मोहसिन खानले ओपनर वेंकटेश ऐरलाई शून्य र अभिजित तोमरलाई ४ रनमा आउट गरेका थिए । नितिश राणा २२ बलमा ९ चौकासहित ४२ रनमा आउट भए ।

लखनऊका मोहसिन खानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २ सय १० रन बनाएको थियो । लखनऊका विकेटकिपर तथा ओपनर डि कक ७० बलमा १० चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनमा अविजित रहे ।

डि ककले ५९ बलमा आइपिएल करिअरको दोस्रो शतक प्रहार गरे । डि ककले आन्द्रे रसेललाई १८ औं ओभरको चौथो बलमा थर्डम्यानमा चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए ।

डि ककले यसअघि २०१६ मा तत्कालिन दिल्ली डेयर डेभिल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । डि ककले तेस्रो ओभरको दोस्रो बलमा अभिजित तोमरले ब्यक्तिगत १२ रनमा क्याच छोड्दा जीवनदान पाएका थिए । कप्तान लोकेश राहुल ५१ बलमा ३ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे ।

यस सिजनमा कोलकाता, चेन्नई सुपर किंग्स र मुम्बई प्लेअफ दौडबाट बाहिरिएका छन् । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ ।

राजस्थानले शुक्रबार चेन्नई सुपर किंग्सलाई पराजित गरेमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्नेछ । पराजित भएमा लखनऊ दोस्रो स्थानमा रहनेछ । राजस्थान पराजित भएपनि अन्तिम चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो छ ।

अव रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली मध्य एक टोली प्लेअफमा पुग्नेछन् । बेंगलोरले बिहीबार गुजरातसँग खेल्नेछ । बेंगलोरलाई प्लेअफमा पुग्न फराकिलो जितको आवश्यक पर्दछ । अन्तिम खेलमा दिल्लीले शनिबार मुम्बईलाई हराएमा भने बेंगलोर जितका बाबजुद बाहिरिनेछ ।

यदि दिल्ली र बेंगलोर दुबै पराजित भएमा पन्जाब किंग्स र सनराइजर्स हैदराबादको पनि सम्भावना बाँकी रहनेछ । अन्तिम खेलमा दिल्ली विजयी हुँदा भने बेंगलोर, हैदराबाद र पन्जाब बाहिरिने समीकरण छ ।

अंक तालिका

गुजरात १३ खेलमा १० मा जित र ३ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमम छ । लखनऊ १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै चौथो स्थानमा छ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ८ खेलमा हार सहित छैटौं स्थानमा रहँदै बाहिरिएको छ ।

पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा छ । हैदराबाद १३ खेलमा ६ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १३ खेलमा ४ मा जित र ९ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १३ खेलमा ३ मा जित र १० मा हार सहित पुछारमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.