3 years ago
May 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म हुनेछ ।
बुधबार एक पत्रकार सम्मेलन गर्दै क्यानले आधिकारीक रुपमा जानकारी दिएको छ । क्यानले खेलाडीलाई तीन ग्रेडमा राख्ने जनाएको छ । ए ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यक्रममा जानकारी दिए ।
प्रशान्तका अनुसार ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । अर्थात ए, बी र सी ग्रेडमा रहने खेलाडीले कम्तिमा क्रमश : १५ लाख, १० लाख र ५ लाख पाउनेछन् ।
प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता टियु क्रिकेट मैदानमा होम एण्ड अवेका रुपमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगितामा आगमी वर्षदेखि फ्रेन्चाइज टोलीको संख्या पनि बढ्नेछ । प्रतियोगिता झण्डै एक महिना सम्म चल्नेछ ।
क्यानले रणनीतिक र कर्मसियल अधिकार भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्सलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचि सकेको छ । ६ टोली नेपालको ६ शहरको नाममा रहनेछ । कुन कुन शहर रहने क्यानले अर्को कार्यक्रममा जानकारी दिने जनाएको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]