3 years ago
May 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ( सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक पत्रकार सम्मेलना गर्दै मिति घोषणा गरेको छ ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि सुरु हुनेछ । फाइनल कार्तिक ५ मा हुनेछ । प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिना सम्म चल्नेछ । ६ शहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहने क्यानले जनाएको छ ।
आगमी सिजनदेखि टोली संख्या बढाउँदै जाने क्यानका प्रशान्त विक्रम मल्लले जानकारी दिए । अक्सनमा खेलाडी ए, बी र सी ग्रेडमा विभाजन गरिनेछ । सी ग्रेडको खेलाडीले कम्तिमा पाँच लाख रुपैयाँ पाउने क्यान चन्दले जनाए ।
पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने आयोजकले जानएको छ । तर क्यानले अइपिएललाई मिति नदिएको जनाएको छ । इपिएल अहिलेको शैलीमा हुन नसक्ने क्यानले प्रष्ट पारेको छ ।
‘दुई वर्षको प्रयासपछि हामीले आज घोषणा गरेका छौं । यसले नेपालको क्रिकेट विकासमात्र होईन, आर्थिक विकास, पर्यटकीय र ब्यवसाहिक हिसाबले फड्को मार्ने विश्वास लिएका छौं’, क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने ।
भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको बेचि सकेको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]