default_image

2 years ago

May 9, 2022

कोलकातासँग मुम्बईको हार

120 views

0 Bookmark

एजेन्सी – यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा सिमित भएको थियो । टोलीका लागि इशान किशनले अर्धशतकिय इनिङ्स खेले । ४३ बलमा उनले ५१ रन जोेका थिए । केइरन पोलार्डले १५ र टिम डेभिडले १३ रन बटुले ।

कोलकाताका लागि पाट कुमिन्सले ३, आन्द्रे रसलले २ र टिम साउथीले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको कोलकाताले वेङकेटेश अयर, नितिश राणाको उच्च प्रदर्शनमा ९ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो ।

अयर र राणाले समान ४३ रन जोडेका थिए । अयरले २४ र राणाले २६ बलमा समान ४३ रन बटुलेका थिए । अजिन्के रहाणेले २४ बलमा २५ रन बनाए । मुम्बई इन्डियन्सका जसप्रित बुम्राहले ४ ओभरमा ५ विकेट लिए ।

कुमार कार्तिकेले २ र डानिल साम्सले १ विकेट लिएका थिए । कोलकाता १२ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ । ११ खेलमा ४ अंक मात्र जोडेको मुम्बई अंक तालिकाको पुछारमा छ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.