8 years ago
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ ।
फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, नरेश बुढाएर र राजेश श्रेष्ठले १-१ गोल गरे । ज्ञानेन्द्रले विजयी गोल गरेका थिए । झन्डै २ महिना अमेरिका बसाई पछि पारस बिहीबार मात्र फर्केका थिए ।
केही साताअघि पारस,ज्ञानेन्द्रसहित ८ राष्ट्रिय खेलाडी अमेरिकामा टुएक्स क्रिकेट युएसए कप खेल्न अमेरिका पुगेका थिए । उनीहरु सम्मिलित नेपाल राइनोज क्रिकेट क्लबले ६० हजार अमेरिकी डलर पुरस्कार रहेको टुएक्स क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । मञ्चविरुद्ध सुवास खकुरेलले गोलपोस्ट सम्हालका थिए भने विनोद भण्डारी पनि खेलेका थिए । मञ्चका लागि दिल तामाङले ह्याट्रिक गरे भने प्रजित शाक्यले २ र बासुदेव अवालले १ गोल गरे ।
April 20, 2025
एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]
April 20, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।