3 years ago
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए सँग ३ विकेटले पराजित भएको छ । योसँगै तीन एकदिवसिय खेलको सिरिजमा भ्रमण टोली जिम्बावे ए ले १–० को अग्रता लिएको छ ।
जितका लागि १ सय ३७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावे ए का लागि इनोसेन्ट कैया ४८ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा अविजित रहे । अर्का ओपनर चेपाश झुवायो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए ।
ब्राड इभान्स १९ बलमा १ चौका र २ छक्कासहित १७ रनमा अविजित रहे । रोय कैया १७ बलमा २ चौकासहित १४ रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । करण केसीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भएको थियो । नेपालका अलराउन्डर सोमपाल कामीले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रन जोडेका थिए । तीव्र गतिका बलर करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए ।
तीव्र गतिका बलर भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । १० बल खेलेका कुशलले ४ चौका प्रहार गरे । अर्को ओभरको पाँचौं बलमा ब्राड ईभान्सको बलमा आसिफ शेख ५ रनमा एज लागेर विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच भए ।
भिक्टरले आरिफ शेखलाई ५ रनमा बोल्ड आउट गर्दा नेपाल ३३–३ को कमजोर अवस्थामा पुगेको थियो । इभान्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबीडब्लू आउट गर । इभान्सले दशौं ओभरको पाँचौं बलमा दीपेन्द्रलाई विकेटकिपरबाट १८ रनमा क्याच गराएपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो ।
स्पिनर ब्रेन्डन मभुताको बलमा ठूलो सट खेलेका आदिल अन्सारी लङअफमा इभान्सबाट २ रनमा क्याच भए । सुशान भारी ११ बल खेल्दै शून्यमा मभुताको बलमा बोल्ड आउट भए । आठौं विकेटका लागि करण केसी र सोमपाल कामीले ३७ रनको साझेदारी गर्दै इनिङलाई केहि उकासेका थिए ।
जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले ८.३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । भिक्टर न्याउचीले ६ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । ब्रेन्डन मभुताले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चेपाश झुवाओले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए ।
दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ । तीन टि२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्द र तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]