2 years ago
May 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले तेस्रो टि२० अभ्यास खेलमा आज जिम्बावे ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा हुनेछ । पहिलो खेलमा ६ विकेटले विजयी भएको जिम्बावे अन्तिम खेलमा जितका साथ उपाधि जित्ने सोचमा हुनेछ ।
नेपाल भने जितका साथ सिरिज बराबरी गर्ने सोचका साथ मैदान उत्रनेछ । दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । यसअघि पहिला तीन एकदिवसिय अभ्यास खेल खेल्ने तालिका थियो । वर्षाको कारण टि२० पहिला गरेको हो । तर बुधबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।
विहान देखिनै बादलले ढाकेको काठमाडौंको आकाश दिउँसो भारी वर्षाको कारण खेल हुने समय न्यूनन छ । खेल हुने समयमा ६१ प्रशितश पानी पर्ने सम्भावना छ । समग्रमा आजको दिन ७४ प्रतिशत पानी पर्ने सम्भावना छ । दिउँसो २ बजेको समय ७६ प्रतिशत सम्म वर्षाको सम्भावना छ । त्यसैले नेपाल र जिम्बावे ए दुबैलाई प्रदर्शन भन्दापनि वर्षाको चिन्ता बढी हुनेछ ।
नेपालले टोलीमा मौका नपाएका खेलाडीलाई अवसर दिनसक्छ । जिम्बावे ले भने आक्रामक ब्याटिङ गरेको छ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी प्रमुख हतियार हुन् । तर पहिलो खेलमा सन्दीपले एकै ओभरमा चारछक्का खर्चिदा कुल ४ ओभरमा ५० रन खान पुगेका थिए । ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई राम्रो सुरुवात दिलाउन आवश्यक देखिन्छ ।
नेपालको टि२० टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।
नेपालको एकदिवसिय टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।
जिम्बावे ए को टोली :
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।
नेपाल र जिम्बावे ए बीचको खेल तालिक
वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे
वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे
वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]