10 years ago
September 15, 2015
काठमाडौं, भाद्र २९ ।
यहि असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट कप आयोजना हुन गइरहेको छ । यो प्रतियोगताको टाइटल स्पन्सर सिग्राम्स रोयल स्टाग रहेको छ । सो प्रतियोगिताको आयोजना अल्टिमेट इन्डोर्स प्रा. लि. ले गर्न लागेको हो ।
असोज १५ गतेसम्म चल्ने यो प्रतियोगिताको गेमहरु अल्टिमेट इन्डोर क्रिकेट ग्राउन्डमा आयोजना हुने छ । यो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहने छ । यो प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । प्रत्येक टिमले ग्रुप चरणमा ३ वटा खेल खेल्ने छन ।प्रतियोगिताको विजेता तथा उपविजेतालाई टिमलाई ट्रफि, मेडल लगायत गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको म्यान अफ दि सिरिजलाई फ्लाइ दुबइको तर्फबाट राउन्ड टिकटको व्यवस्था गरिएको छ । गत सालको अगस्तमा भएको यस प्रतियोगिताको पहिलो संस्मरणमा सेन्चुरी बैंक विजेता रहेको थियो । यो प्रतियोगितामा WWF, मेगा बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, हुवावे, वर्ल्डलिङ्क, बुद्ध एयर, कारोवार दैनिक, हिमालयनडिस्टिलरी, गोर्खा ब्रिवरी, काष्ठमण्डप डेभलपमेन्ट बैङ्क आदि टिमहरुको सहभागिता रहने छ ।
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]