default_image

2 years ago

April 28, 2022

लगातार आठ खेल हारेको मुम्बईले नयाँ स्पिनर भित्र्यायो

98 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठ खेल हारेको मुम्बई इन्डियन्सले स्पिनर कुमार कार्तिकेय सिंहलाई अनुबन्ध गरेको छ । २४ वर्षीय बायाँ हाते तीव्र गतिका बलर मोहम्मद अर्शद खान घाइते भएपछि उनको स्थानमा कुमारलाई अनुबन्ध गरेको हो ।

मध्य प्रदेशबाट घरेलु क्रिकेट खेल्ने कुमारले ९ प्रथम श्रेणी, १९ लिष्ट ए र ८ टि२० आई खेल खेलेका छन् । टि२० क्रिकेटमा उनले ९ विकेट लिएका छन् । उनले पछिल्लो समय भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् ।

२४ वर्षीय कुमारले शनिबार राजस्थान रोयल्ससँग डेब्यू गर्नसक्छन् । पाँच पटकको च्याम्पियन मुम्बईको यस सिजनमा बलिङ आक्रामण कमजोर छ । तीव्र गतिका बलर जस्प्रित बुमराहले ८ खेलमा ५ विकेट, स्पिनर मुरुगन आश्विनले ६ खेलमा ६ विकेट, जयदेव उनादकटले ५ खेलमा ६ विकेट, ड्यानिल साम्स र टाइमल्स मिल्सले ६–६ विकेट लिएका छन् ।

मुम्बईको प्लेअफ समिकरण अनौपचारिक रुपमा बाहिरि सकेको छ । मुम्बईले बाँकी ६ खेलमा जित निकाल्दा १२ अंक हुनेछ । १२ अंक प्लेअफमा पुग्न पर्याप्त देखिदैन ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.