default_image

2 years ago

April 28, 2022

जित्नै पर्ने दबाबमा दिल्ली र कोलकाता

130 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४१ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ ।

दिल्ली र कोलकाता दुबै चौथो जितको सोचमा छन् । आजको खेलमा पराजित हुने टोलीलाई प्ले अफमा पुग्न बाँकी सबै खेलमा जित निकाल्नु दबाब हुन्छ । त्यसैले दुबै टोलीलाई जित्नै पर्ने हुन्छ । कोलकाता ८ खेलमा ३ मा जित र ५ मा हारका साथ आठौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ ।

कोलकाताले पछिल्ला पाँच मध्य चार खेल लगातार गुमाएको छ । कोलकाताले ओपनर साम बिलिंग्सको स्थानमा आरोन फिन्चलाई खेलाउने सम्भावना छ । फिन्च चोटका कारण गुजरातसँगको खेलमा उपलब्ध थिएनन् । सुनिल नारायणको स्थानमा मोहम्मद नाबीलाई मौका दिनसक्छ । कोलकाताका कप्तान श्रेयस ऐरमाथि ब्याटिङमा बढी दबाब छ ।

ऐरको दिल्ली पूर्व टोली हुँदा प्रदर्शन अझ महत्वपूर्ण हुनेछ । नितेश राणाबाट अपेक्षा अनुसार यस सिजनमा प्रदर्शन हुन सकेको छैन । वेंकटेश ऐरको स्थानमा अजिक्या रहाणेलाई मैदान उतार्न सक्छ । विष्फोटक ब्याटर आन्द्रे रसेलको प्रदर्शनले धेरै महत्व राख्नेछ । गुजरातविरुद्ध रसेलले सानदार अलराउन्ड प्रदर्शन गरेपनि कोलकाता पराजित भएको थियो ।

तीव्र गतिका बलरमा टिम साउथी, उमेश यादव र शिवम माभी रहनेछन् । यता दिल्ली पछिल्लो खेलमा राजस्थानसँग १५ रनले पराजित भएको थियो । उक्त खेलमा २ सय २३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा दिल्ली २ सय ७ रनमा रोकिएको थियो । अन्तिम ६ बलमा ३६ रन चाहिँएको अवस्थामा रोभम्यान पावेलले लगातार तीन छक्का प्रहार गरेपनि त्यसपछि हाइ फुलटस बिबादपछि खेलले नयाँ मोड लिएको थियो ।

विष्फोटक ब्याटर पावेललाई आज माथि खेलाउनेछ । उनले उक्त खेलमा आठ नम्बरमा ब्याटिङ गरेका थिए । दिल्लीका ओपनर पृथ्वी शा र डेविड वार्नर राम्रो लयमा छन् । मध्यक्रम भने ऋषभ पन्तमा बढी निर्भर छ । शरफराज खानको स्थानमा श्रीकर भरतलाई मौका दिनसक्छ । शार्दुल ठाकुरको स्थानमा चेतन सकारियाको सम्भावना छ ।

ठाकुरले लगातार खराब प्रदर्शन गर्दा उदयमान बलर सकारियाले मौका पाउने सम्भावना छ । राजस्थानसँग ४३ रन खर्चेका मुश्ताफिजुर रहमानको स्थानमा एनरिच नोर्कियाले मौका पाउने सम्भावना छ । स्पिनर कुलदीप यादव र अक्षर पटेल हुनेछन् । दुबै टोलीले लगातार कमजोर प्रदर्शन गरेको हुँदा व्यापक परिवर्तन गर्ने सम्भावना छ ।

हेड टु हेड :

दिल्ली र कोलकाताबीच आइपिएलमा कुल ३० खेल भएका छन् । कोलकाता १६ र दिल्ली १३ खेलमा विजयी भएका छन् । जारी सिजनको पहिलो खेलमा दिल्लीले कोलकातालाई ४४ रनले पराजित गरेको थियो । पछिल्ला पाँच भेटमा कोलकाता तीन र दिल्ली दुई खेलमा विजयी भएका छन् ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.