default_image

2 years ago

April 28, 2022

भारतलाई ६ महिना अघि नै टि२० विश्वकपको चिन्ता

105 views

0 Bookmark

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ सुरु हुन ६ महिना बाँकी छ । विश्वकपलाई सबै टोली निर्माणको तयारीमा जुटेका छन् । भारत उपाधिको दाबेदार टोली हो । तर विश्वकप सुरु हुन ६ महिना बाँकी रहँदा भारतलाई चिन्ता सुरु भएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ भारतमा जारी छ । प्रमुख खेलाडी आइपिएलमा ब्यस्त हुँदा अन्तर्राष्ट्रिय ठूला टोलीले वर्तमान समयमा सिरिज खेलेका छैनन् । भारतका प्रमुख खेलाडीको लय र प्रदर्शन खराब छ । भारतका प्रमुख खेलाडी विराट कोहली, कप्तान रोहित शर्मा, ईशान किशन, जस्प्रित बुमराह र रविन्द्र जडेजा करिअरको खराब समय सामना गरेका छन् ।

पाँच पटकको च्याम्पियन मुम्बईले सुरुवाती ८ खेलमा जित निकाल्न सकेको छैन । रोहित, ईशान र बुमराहको कमजोर प्रदर्शन मुम्बईले इतिहासकै खराब नतिजा आउनुको एक कारणमा पर्दछ । भारतसँग ईशानको विकल्प छ । तर बुमराह र रोहितको कल्पना गर्न सक्दैन ।
बुमराहले ८ खेलमा पाँच विकेट लिएका छन् । पाँच खेलमा विकेट विहीन बन्दा राजस्थान रोयल्सविरुद्ध ३ विकेट लिएका थिए ।

विश्व क्रिकेटका एक उत्कृष्ट डेथ ओभर स्पेलिष्ट र योर्करले प्रसिद्ध बुमराहले संघर्ष गरेका छन् । बुमराहले विश्वस्तरिय तीव्र गतिका बलरबाट राम्रो साथ नपाउँदा खराब प्रदर्शन गरेको अनुमान गर्न सकिन्छ । कप्तान रोहितले १९.१२ को औसतमा १ सय ५३ रन बनाएका छन् । रोहित ३९, ०, ६, २८, २६, ३, १० र ४१ रनमा आउट भएका छन् ।

किशनले ८ खेलमा २८.४२ को औसतमा १ सय ९९ रन बनाएका छन् । ईशानले ८, ०, १३, ३, २६, १४, ५४ र ८१ रन जोडेका छन् । रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली दुई खेलमा लगातार गोल्डेन डक आउट भए । ९ खेलमा कोहलीले १६ को औसतमा १ सय २८ रनमा आउट भएका छन् । कोहली ९, ०,०, १२, १, ४८, ५, १२ र ४१ रन बनाएका छन् । जडेजाले ८ खेलमा १ सय १२ रन बनाउँदा ५ विकेट लिएका छन् ।

भारतको विश्वकपमा राहुल र रोहित शर्माले ओपनिङ गर्ने सम्भावना छ । लखनऊ सुपर जायन्ट्सका कप्तान राहुलले भने दुई शतकका साथ राम्रो लयमा छन् । कप्तान रोहित नै खराब लयमा छन् । कोहली तेस्रो नम्बरका खेलाडी हुन् । तर कोहलीको खराब लयले उनको टि२० आई करिअरमाथि प्रश्न उठ्छ ।

विराट लगातार दुई खेलमा गोल्डेन डक भएपछि बेंगलोरले राजस्थानविरुद्ध ओपनिङमा ल्याएपनि ९ रनमा आउट हुन पुगे । जडेजा र बुमराहको प्रदर्शन पनि त्यतिनै कमजोर छ । रोहित र जडेजामा कप्तानी दबाब झल्किन्छ । अन्य खेलाडी खराब लयले मानसिक रुपमा पनि दबाबमा छन् ।

भारत विश्वकपको दाबेदार टोली हो । गत अक्टोबर नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपमा भारत समूह चरणबाटै बाहिरिएको थियो । उक्त विश्वकपमा भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै घर फर्किनु परेको थियो । सन् २००७ को टि२० विश्वकप च्याम्पियन भारतले त्यसपछि यस शैलीमा उपाधि जित्न सकेको छैन ।

विश्वकपमा प्रमुख खेलाडीको लय र मनोबलले आफ्नो टोली मात्र नभएर विपक्षीलाई ठूलो प्रभाव पार्दछ । तर भारतीय केहि प्रमुख खेलाडी भने ६ महिना बाँकी हुँदा खराब लयबाट गुज्रिएका छन् । आगमी विश्वकप सम्म खराब लयले निरन्तरता पाउने हो की भन्ने चिन्ता भारतललाई अहिले नै सताउन थालेको छ ।

टि२० विश्वकप २०२२ आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । भारत सुपर १२ को समूह बी मा छ । भारतसँगै पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । भारतले पहिलो खेल अक्टोर २३ मा पाकिस्तानसँग खेल्नेछ ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.