default_image

2 years ago

April 27, 2022

शीर्ष स्थानको दौडमा हैदराबाद र गुजरात

55 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४० औं खेलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ ।

हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ । गुजरात आज विजयी हुँदा शीर्ष स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना बलियो बन्नेछ । केन विलियम्सनको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद ७ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ । हैदराबाद विजयी हुँदा १२ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा रहनेछ ।

यी दुबै टोलीको बलिङ प्रमुख हतियार हो । पछिल्लो खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६८ रनमा अल आउट गरेको थियो । गुजरातले १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको कोलकातालाई १ सय ४८ रनमा अल आउट गरेको थियो । हैदराबाद र गुजरात दुबैको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ ।

मार्को यानसन, भुवनेश्वर कुमार, उमरान मलिक र टि नटराजन हैदराबादका तीव्र गतिका बलर हुन् । भुवनेश्वर र यासनले नयाँ बल, उमरान मलिकले मध्यक्रम र नटराजनले डेथ ओभरमा सानदार प्रदर्शन गर्दै आएका छन् । यानसन र नटराजनले ३–३ विकेट लिँदै बेंगलोरलाई सस्तैमा अल आउट गरेका थिए । उमरान मलिक १ सय ५० माथिको प्रतिघण्टा तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

यता गुजरातमा लोकी फर्गुनस, मोहम्मद शामी, यश दयाल र अल्जारी जोशेफ गरि तीव्र गतिका बलर हुन् । शामीले नयाँ बलका साथ पावर प्लेमा निरन्तर विकेट लिदै आएका छन् । फर्गुनस १ सय ५० माथिको गतिमा निरन्तर बलिङ गर्दै आएका छन् । यश दयाल र अल्जारी जोशेफले पनि आफ्नो प्रभाव जमाउँदै आएका छन् ।

स्पिनर राशिद खान गुजरातका अर्का हतियार हुन् । वासिन्टन सुन्दर घाइते स्पिन आक्रामण केहि कमजोर छ । तर स्पिनर गजदीश सुचिथले हैदराबादको स्पिन आक्रामण कमजोर हुन दिएका छैनन् । दुबै टोलीका चार चार तीव्र गतिका बलरको प्रदर्शनले नतिजा धेरै प्रभाव पार्नेछ ।
गुजरातमा हार्दिक र राहुल टेवाटिया पार्टटाइमका विकल्प हुन् ।

हैदराबादमा अभिषेक शर्मा, एडेन मार्करम र सशांक सिंह हैदराबादको पार्टटाइमको विकल्प हुन् । ब्याटिङमा हैदराबाद केहि माथि छ । हैदराबादमा अभिषेक शर्मा, केन विलियम्सन, एडेन माक्ररम, निकोलस पुरन ब्याटर हुन् । यी सबै खेलाडी राम्रो लयमा छन् । माक्ररम र पुरनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

गुजरातका हार्दिक पान्ड्याले लगातार तीन अर्धशतक प्रहार गरेका हुन् । सुभमन गिल, ऋद्धिमान शाह, हार्दिक र डेविड मिलर ब्याटर हुन् । मिलर र हार्दिको प्रदर्शनले धेरै प्रभाव पार्नेछ । जारी आइपिएलमा हैदराबाद पछिल्ला पाँच खेलमा लगातार जित निकालेको छ । पहिलो खेलमा हैदराबादले गुजरातलाई ८ विकेटले हराएको थियो ।

उक्त खेलमा १ सय ६३ रनको लक्ष्य हैदराबादले ५ बल अगाडि २ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा केन विलियम्सन र हार्दिक पान्ड्या दुबैले अर्धशतक प्रहार गरेका थिए ।

अंक तालिका

राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै दोस्रो स्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

Success

Thank you for your time.