default_image

3 years ago

April 25, 2022

क्यानले नेपाल टि२० लिग आयोजना गर्ने

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ ।

नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ । सेभेन थ्रि स्पोर्ट्ससँग सम्झौता १० वर्ष भएपनि दुई वर्ष घटाउँदै ८ वर्षमा झारेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टि२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ ।

कप्तान सन्दीप लामिछानेले युवा खेलाडीलाई सहयोग पुग्ने बताउँछन् । ‘स्वागत छ, नेपाल टि२० ले क्रिकेट खेल्न चाहने युवा खेलाडीहरुको लागि आमन्त्रण गर्नेछ । यसले क्रिकेट विकास, उत्कृष्ट प्रशिक्षक र स्टाफबाट सिकाउनेछ,’ सन्दीपले भनेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० ले क्रिकेट विकासकोसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउँछन् । खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेटमात्र नभएर समग्र आर्थिक विकास हुने बताउँछन् ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.