default_image

2 years ago

April 24, 2022

राहुलको दोस्रो शतकमा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

143 views

0 Bookmark

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुलको दोस्रो शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६२ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ३ रनमा अविजित रहे । जारी आइपिएलमा राहुलको दोस्रो शतक हो ।

यसअघि राहुलले मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएलमा राहुलको यो चौथो शतक हो । ओपनर क्विन्टन डि कक १०, मनिष पाण्डे २२, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए । आयुष बदोनीले १४ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । राइली मेरिडीथले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र ड्यानियल साम्सले १–१ विकेट लिए ।

मुम्बई ७ खेलमा ७ मा हारका साथ पुछारमा छ । मुम्बई पहिलो जितको खोजीमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ पाँचौं स्थानमा छ । लखनऊ मुम्बईलाई हराउँदै दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.