default_image

2 years ago

April 24, 2022

मुम्बईलाई लगातार आठौं हारबाट बच्न चुनौती

147 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ ।

आइपिएलको सर्वाधिक च्याम्पियन टोली मुम्बई लगातार सात हारका साथ पुछारमा छ । मुम्बई लखनऊलाई हराउँदै पहिलो जित निकाल्ने सोचमा हुनेछ । लखनऊ मुम्बईलाई हराउँदै दोस्रो स्थानमा उक्लिन चाहन्छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ पाँचौं स्थानमा छ ।

यसअघि पहिलो खेलमा लखनऊले मुम्बईलाई १८ रनले हराएको थियो । उक्त खेलमा लोकेश राहुलले ६० बलमा १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । जारी सिजनका सर्वाधिक रन बनाउने तेस्रो सूचिमा रहेका राहुल मुम्बईमाथि लगातार हाबी हुँदै आएका छन् ।
२०१८ यता राहुलले मुम्बईविरुद्ध २४, ९४, ७१, १००, १७, ७७, ६०, २१ र १०३ रन बनाएका छन् ।

मुम्बईविरुद्ध राहुलको औसत रन पछिल्लो नौ इनिङमा ९४.५ छ । त्यसैले राहुलको विकेट धेरै महत्वपूर्ण हुनेछ । लखनऊ पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १८ रनले पराजित भएको थियो । ओपनरमा राहुल र क्विन्टन डि कक छन् । लखनऊको मध्यक्रम भने कमजोर पक्ष हो । मध्यक्रममा क्रुनाल पान्ड्या, मनिष पाण्डे र दीपक हुडा छन् ।

तल्लोक्रममा मार्कस स्टोइनिस, आयुष बदोनी र जेसन होल्डर छन् । अलराउन्डरको बाहुल्यता भएको लखनऊमा तीव्र गतिका बलर दुश्मन्था चामिरा र जेसन होल्डरले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । लखनऊको टोलीमा परिवर्तनको सम्भावना कम छ । पछिल्लो खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएको थियो । महेन्द्रसिंह धोनीले अन्तिम ४ बलमा जयदेव उनादकटलाई १६ रन बनाएपछि मुम्बईले लगातार सातौं हार बेहोरेको थियो ।

जयदेव उनादकटको स्थानमा मुम्बईले तीव्र गतिका बलर अर्जुन तेनदुलकरलाई मौका दिनसक्छ । भारतीय पूर्व सफल ब्याटर सचिनका छोरा अर्जुन डेब्यूको पर्खाइमा छन् । मुम्बईका ओपनर रोहित शर्मा र ईशान किशन खराब लयमा छन् । यी दुबै ओपनर चेन्नईसँग डक आउट भएका थिए । ईशान र रोहितको खराब लयको कारण मुम्बईले संघर्ष गर्नु परेको छ ।

मुम्बई यी दुई खेलाडीबाट उत्कृष्ट सुरुवात चाहन्छ । डेवाल्ड ब्रेभिस, सूर्य कुमार यादव र तिलक बर्मा भने राम्रो लयमा छन् । मुम्बई काइरन पोलार्डबाट पनि उत्कृष्ट अन्त्य चाहन्छ । पछिल्लो खेलमा मुम्बईको तीव्र गतिको बलिङ आक्रामण राम्रो देखिएको थियो । चेन्नईविरुद्ध ड्यानियल साम्सले चार विकेट लिएका थिए ।

ड्यानियल साम्स, राइली मेरिडीथ र जस्प्रित बुमराहको जोडी टोलीको नायक बन्न सक्छन् । तर यस सिजनमा बुमराहले भने संघर्ष गरेका छन् । मुम्बईको स्पिन आक्रामण भने कमजोर छ । चेन्नईसँग डेब्यू गरेका स्पिनर अलराउन्डर हृथिक शोकिनले राम्रो सम्भावना देखाएका छन् ।


वानखडेको छोटो बाउन्ड्रीमा विशाल योगफल बन्न सक्छ । राजस्थानले पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २ सय २२ रन बनाएको थियो । दिल्लीले उक्त लक्ष्य पछ्याउनेक्रममा २ सय ७ रन बनाएको थियो । वानखडेको पिचमा १ सय ८० भन्दा कम योगफल सुरक्षित गर्न कठिन पर्दछ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.