default_image

2 years ago

April 23, 2022

लज्जास्पद ब्याटिङसँगै बेंगलोर ६८ रनमा अल आउट

103 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै ६८ रनमा अल आउट भएको छ । तीव्र गतिका बलर टि नटराज र मार्को ज्यानसले उत्कृष्ट बलिङ गरेपछि हैदराबाद सामु बेंगलोर निरिह बनेको हो ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोर १६.१ ओभरमा ६८ रनमा अल आउट भयो । बेंगलोरका सर्वाधिक सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । हैदराबाद सामु निरिह बन्दै लज्जास्पद ब्याटिङ गर्नेक्रममा बेंगलोरका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेंगलोरले दोस्रो ओभरमै शीर्ष तीन ब्याटर गुमाएको थियो । तीव्र गतिका बलर मार्को ज्यानसनले दोस्रो ओभरको दोस्रो बलमा फाफ डु प्लेसिसलाई ५ रनमा बोल्ड आउट गरे । स्विङ बलमा फाफ डु प्लेसिस बोल्ड भएका थिए । लगत्तै अर्को बलमा विराट कोहली सेकेन्ड स्लिपमा एडेन माक्ररमबाट गोल्डेन डक भए । कोहली लगातार दोस्रो खेलमा गोल्डेन डक भएका हुन् ।

अन्तिम बलमा अनुज रावत माक्ररमबाट डक आउट हुँदा २ ओभरमा ८–३ को कमजोर अवस्थामा पुगेको थियो । ग्लेन म्याक्सवेललाई टि नटराजनले १२ रनमा मिडअफमा केन विलियम्सनबाट क्याच गराउँदा ४.२ ओभरमा २०–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि सुयश प्रभुदेशाईं र शहबाज अहमदले २५ बलमा २७ रनको साझेदारी गरेका थिए । स्पिनर जगदीश सुचिथले प्रभुदेशाईंलाई १५ रनमा विकेटकिपर निकोलस पुरनबाट स्टम्पिङ आउट भए ।

उनले २० बलमा १ चौका प्रहार गरे । जुन समय बेंगलोर ८.२ ओभरमा ४७–५ को अवस्थामा पुगेको थियो । दुई बलपछि दीनेश कार्तिक डक आउट भए । अम्पायरले वाइड दिएपनि विकेटकिपर निकोलस पुरनको सेलेब्रेसनमा कप्तान केन विलियम्सनले रिभ्यु लिँदै पेभेलिएन फर्काए । उमरन मलिकले अहमदलाई ७ रनमा क्याच गराउँदा बेंगलोर ४९–७ को दयनीय अवस्थामा पुगेको थियो ।

टि नटराजनले हर्षल पटेललाई ४ रनमा बोल्ड गर्दा ५५–८ को अवस्थामा पुगेको थियो । हैदराबादका मार्को ज्यानसनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । जगदीश सुचिथले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले र उमरन मलिकले १–१ विकेट लिए ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.