default_image

2 years ago

April 21, 2022

धोनीको उत्कृष्ट अन्त्यमा मुम्बईमाथि चेन्नईको रोमान्चक जित

111 views

0 Bookmark

एजेन्सी – विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं हार बेहोरेको छ ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि अम्बाती रायुडूले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । महेन्द्रसिंह धोनी १३ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे ।

अन्तिम ६ बलमा चेन्नईलाई १७ रन चाहिँएको थियो । धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै जित पक्का गराए । पहिलो बलमै जयदेव उनादकटले ड्वेन प्रिटोरियसलाई २२ रनमा एलबीडब्लु आउट गरे । अर्को बलमा ब्राभोले महेन्द्रसिंह धोनीलाई स्ट्राइक दिए । त्यसपछि धोनीले आफ्नो जादुदेखाए । धोनीले तेस्रो बलमा छक्का प्रहार गरेपछि बाँकी ३ बलमा १० रन जितको लागि चाहिँएको थियो ।

धोनीले चौथो बलमा चौका प्रहार गरे । धोनीले पाँचौं बलमा दुई रन बटुले । अन्तिम बलमा चार रन चाहिँएको अवस्थामा धोनीले चौका प्रहार गर्दै रोमान्चक जित दिलाए । त्यसअघि चेन्नईलाई अन्तिम १८ बलमा जितको लागि ४२ रन आवश्यक परेको थियो ।

चेन्नईका ओपनर ऋतुराज गायकवाड गोल्डेन डक, मिचेल सान्टनार ११, शिवम दुबे १३ र रविन्द्र जडेजा ६ रनमा आउट भए । ओपनर रोबिन उथप्पा भने २५ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए । मुम्बईका तीव्र गतिका बलर ड्यानियल साम्सले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । जयदेव उनादकटले २ र राइली मेरिडीथले १ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका मध्यक्रमका ब्याटर तिलक बर्माले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले ।

पहिलो ओभरमै तीव्र गतिका बलर मुकेश चौधरीले दुबै ओपनर रोहित शर्मा र ईशान किशनलाई डक आउट पेभेलिएन फर्काएका थिए । डेवाल्ड ब्रेभिस ४ रनमै मुकेशको बलमा आउट भए । सूर्य कुमार यादव २१ बलमा ३ चौका र १ छक्कासहित ३२, हृतिक शोकिन २५ र काइरन पोलार्ड १५ रनमा आउट भए ।

जयदेव उनादकट ९ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे । चेन्नईका तीव्र गतिका बलर मुकेश चौधरीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

अंक तालिका

गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ ।

राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ ।

कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.