default_image

2 years ago

April 19, 2022

शीर्षस्थानमा उक्लिने सोचमा बेंगलोर र लखनऊ

117 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३१ औं खेलमा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ ।

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । गुजरात टाइटन्स ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । आजको खेलमा विजयी हुने टोली १० अंकका साथ शीर्षस्थानमा उक्लिने सम्भावना उच्च छ । त्यसको लागि नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

बेंगलोरले यस सिजनमा राम्रो प्रदर्शन गरेको छ । विकेटकीपर दिनेश कार्तिकले तल्लोक्रममा यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा पनि उनले दिल्ली क्यापिटल्सविरुद्ध ३४ बलमा ५ चौका र ५ छक्कासहित ६६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनको लय रोक्न लखनऊलाई प्रमुख चुनौती हुनेछ ।

फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलबाट बेंगलोर ब्याटिङमा उत्कृष्ट प्रदर्शन चाहन्छ । तीव्र गतिका बलर जोश हेजलवुड र स्पिनर वानिन्दु हसरंगा प्रमुख हतियार हुन् । यी दुई बलरको प्रदर्शन बेंगलोरको बलिङ आक्रामणमा धेरै प्रभाव पार्नेछ । डेथ ओभरमा हर्षल पटेलले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

यता लखनऊका कप्तान लोकेश राहुल लयमा फर्किएका छन् । राहुलले मुम्बई इन्डियन्सविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । राहुल र क्विन्टन डि कक प्रमुख ब्याटर हुन् । लखनऊमा अलराउन्डरको बाहुल्यता छ । मनिष पाण्डे, मार्कस स्टोइनिस, दीपक हुडा र जेसन होल्डर मध्यक्रमका ब्याटर हुन् ।

युवा ब्याटर आयुष बदोनीले राम्रो प्रभाव छाड्दै आएका छन् । बदोनी बेंगलोरलाई घातक बन्नसक्छन् । दुश्मन्था चामिरा र आवेश खान प्रमुख तीव्र गतिका बलर हुन् । यी दुई बलरलाई होल्डर र स्टोइनिसले साथ दिनेछन् । स्पिनरमा रवि विश्रोई हुनेछन् ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.