default_image

2 years ago

April 17, 2022

फिनिसिङमा चुक्दा चेन्नई मध्यम योगफल मै रोकियो

90 views

0 Bookmark

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २९ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७३ रन बनाए । यसअघिका पाँच खेलमा गायकवाड १, १, ०, १६ र १७ रनमा आउट हुँदै खराब लयमा थिए ।

गायकवाडले अर्धशतकका साथ लयमा फर्किएको संकेत दिएका छन् । एक समय चेन्नई विशाल योगफलको बाटोमा अघि बढेपनि अन्तिम ६ ओभरमा आक्रामक क्रिकेट खेल्न नसक्दा मध्यम योगफलमै रोकिन पुग्यो । चेन्नईले १४ ओभरमा २ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । बाँकी ३६ बलमा ३ विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो ।

ओपनर रोबिन उथप्पा मोहम्मद शामीको बलमा ३ रनमा एलबीडब्लू आउट भए । मोईन अलीलाई अल्जारी जोशेफले १ रनमा बोल्ड गरे । तेस्रो विकेटका लागि अम्बाती रायुडू र गायकवाडले ५६ बलमा ९२ रनको साझेदारी गरेका थिए । रायुडू ३१ बलमा ४ चौका र २ छक्कासहित ४६ रनमा आउट भए ।

गुजरातका अल्जारी जोशेफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र यश दयालले १(१ विकेट लिए । गुजरातका कप्तान हार्दिक पान्ड्या आजको खेलमा चोटका कारण उपब्ध छैनन् । त्यसैले गुजरातको कप्तानी राशिद खानले गरेका छन् ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.