default_image

2 years ago

April 17, 2022

उत्कृष्ट पूनरागमन गर्दै हैदराबादको लगातार चौथो जित

96 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २८ औं खेलमा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै हैदराबाद चौथो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

हैदराबादको लगातार चौथो जित हो । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबादले सुरुवाती दुई खेल गुमाएपनि त्यसपछि लगातार चार जितका साथ अंक तालिकामा फड्को मारेको छ ।

जितका लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादका एडेन माक्ररमले २७ बलमा ४ चौका र १ छक्कासहित ४१ रनमा अविजित रहे । निकोलस पुरन ३० बलमा १ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

ओपनर अभिषेश शर्मा २५ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । केन विलियम्सन ३ र राहुल त्रिपाठी ३४ रनमा आउट भए । त्रिपाठीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पन्जाबका राहुल चाहरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब २० ओभरमा १ सय ५१ रनमा अल आउट भयो । पन्जाबका लियाम लिभिङस्टोनले ३३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जारी सिजनमा उनको तेस्रो अर्धशतक हो ।

लिभिङस्टोन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान शिखर धवन ८, प्रभसिम्रन सिंह १४ र जोनी बेयरस्टो १२ रनमा आउट भए । जितेश शर्मा शर्मा ११, शाहरुख खान २६ र ओडेन स्मिथ १३ रनमा आउट भए ।

हैदराबादका उमरन मलिकले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । टि नटराजन, जगदीश सुचिथले १–१ विकेट लिए । हैदराबादले अव शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । पन्जाबले बुधबार दिल्लीसँग खेल्नेछ ।

हैदराबाद सुरुवाती दुई खेलमा राजस्थान रोयल्ससँग ६१ रन र लखनऊ सुपर जायन्ट्ससँग १२ रनले पराजित भएको थियो । तर त्यसपछि भने लगातार चार खेलमा जित हात पार्नेक्रममा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सलाई ८–८ विकेटले हराएको थियो । कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको थियो ।

अंक तालिका
गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण चौथो स्थानमा छ ।

राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा पुगेको छ । पन्जाब ६ खेलमा ३ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ ।

दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.