default_image

2 years ago

April 16, 2022

ब्लु बर्डलाई प्याट्रिएट्स कप उपाधि

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेजले प्याट्रिएट्स कप अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गोल्डेनगेट कलेजमाथि १ रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितेको हो ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा ८१ रनको झिनो लक्ष्य पछ्याएको गोल्डेनगेटले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ७९ रन जोड्न सक्यो । आशुतोष गिरैयाले २७ रन जोडे । जभयाङ लामाले ११ तथा सचिन शर्माले १० रन जोडे । ब्लु बर्डका विवेक रानामगर, सुवास खत्री, विपिन आचार्य र तिलक राज भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्लु बर्डले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रनको सामान्य योगफल तयार पारेको थियो । तिलक राज भण्डारीले २१ रन जोडे । दुर्गेश क्षेत्रीले १४, विवेक रानामगरले १२ तथा दीपक डुम्रेले १० रन जोडे । गोल्डेनगेटका सुर्य तामाङले आफ्नो स्पेलको ४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । रवि शाहले ४ तथा आशुतोष गिरैयाले १ विकेट लिए । ब्लु बर्डका विवेक रानामगर फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।

एपाधिसँगै ब्लु बर्डले १ लाख रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको गोल्डेनगेटले ५० हजार, ट्रफी र मेडल हात पारे ।गोल्डेनगेटका रवि शाह प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषित भए । उनले २५ हजार रुपैया र ट्रफी हात पारे । गोल्डेनगेटका तृत राज दास उत्कृष्ट ब्याटर र ब्लु बर्डका विपिन आचार्य उत्कृष्ट बलर घोषित भए । उनीहरुले समान १५ हजार र ट्रफी हात पारे ।

२६ चैतबाट शुरु भएको प्रतियोगितामा ८ सहभागी कलेजलाई २ समूहमा विभाजन गरिएको थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.