default_image

2 years ago

April 13, 2022

दीपेन्द्र शीर्ष १० मा, थुप्रै विश्व स्टार २० मै परेनन्

130 views

0 Bookmark

एजेन्सी – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वका स्टार खेलाडीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा कीर्तिमानी फड्को मारेका छन् ।

टि२० आईको अलराउन्डरतर्फ दीपेन्द्र शीर्ष १० मा परेका छन् । आइसिसीको कुनैपनि वरियता शीर्ष १० मा पर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । यसअघि २०१९ मा टि२० आईको अलराउन्डरतर्फ पूर्व कप्तान पारस खड्का २५ औं स्थान थिए । जुन विश्व वरियतामा नेपालबाट खेलाडीको रुपमा उच्च स्थान थियो ।

दीपेन्द्रले अलराउन्डरतर्फ श्रीलंका स्पिनर वानिन्दु हसरंगा, जिम्बावेका सेन विलियम्स, रयान बर्ल, अष्ट्रेलियाका मिचेल मार्श, नामिबियाका डेविड विसे र बंगलादेशका महमुदूल्लाह रियादलाई पछि पारेका छन् ।

बंगलादेशका कप्तान महमुदूल्लाह २० औं स्थानमा छन् । अघिल्लो वर्ष अष्ट्रेलियालाई टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मार्श १७ औं स्थानमा छन् ।

श्रीलंका स्टार स्पिनर वानिन्दु ११ औं स्थानमा छन् । दीपेन्द्र भन्दाअघि दक्षिण अफ्रिका एडेन माक्ररम नवौं, ओमानका कप्तान जिशान मकसुद आठौं र अष्ट्रेलिया ग्लेन म्याक्सवेल सातौं स्थानमा छन् ।

अफगानिस्तानका कप्तान मोहम्मद नाबी अलराउन्डरतर्फ शीर्ष, बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोईन अली तेस्रो र नामिबियाका जेजे स्मिथ चौथो स्थानमा छन् । इंग्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौ र युएईका रोहन मुस्तफा छैटौं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष १० मा पर्दा इंग्ल्यान्डका बेन स्टोक्स, भारतका हार्दिक पान्ड्या, रविन्द्र जडेजा, वेस्टइन्डिजका जेसन होल्डर, काइरन पोलार्ड, आन्द्रे रसेल, अष्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बावेका सिकन्दर राजा, न्युजिल्यान्डका जिमी निशम र पाकिस्तानका इमाद वासिम जस्ता विश्व स्तरिय अलराउन्डर भने शीर्ष २० मै छैनन् ।

ब्याटिङतर्फ दीपेन्द्र ३८ औं, कुशल ३६ औं र आरिफ शेख ९९ औं स्थानमा छन् । दीपेन्द्र र कुशल भन्दापछि डेविड मिलर (३९ औं), फखार जमान (४३ औं), डेविड वार्नर (५२ औं), ऋषभ पन्त (६१औं) र काइरन पोलार्ड (६५ औं) स्थानमा छन् ।

सन्दीप बलिङतर्फ ३८ औं स्थानमा छन् । सन्दीपले अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क (४९ औं), प्याट कमिन्स (५३ औं) र कागिसो रबाडा (५० औं) जस्ता विश्व प्रसिद्ध बलरलाई पछि पारेका छन् । अभिनाश बोहरा ८६ औं स्थानमा छन् ।

ओडिआईको ब्याटिङतर्फ युवा स्टार ब्याटर रोहित पौडेल ८३ औं स्थानमा छन् । ओडिआईको बलिङतर्फ सन्दीप लामिछाने ४८ औं स्थानमा छन् । नेपाल ओडिआईम १८ औं र टि२० आईमा १२ औं स्थानमा छ ।

अघिल्लो साता पपुवा न्युगिनी र मलेसियासँगको त्रिकोणात्मक टि२० आईमा सानदार प्रदर्शनपछि नेपाली खेलाडीले ठूलो छलाङ मारेका हुन् । शीर्ष १० मा परेका दीपेन्द्रले टि२० सिरिजमा ५ खेलमा १ शतक र २ अर्धशतक सहित २ सय ५५ रन बनाउनुको साथै ७ विकेट लिएका थिए ।

यो पनि : दीपेन्द्र विश्व वरियतामा शीर्ष १० पर्ने पहिलो नेपाली खेलाडी

नेपालका ‘३डी’ क्रिकेटर दीपेन्द्र

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.