default_image

2 years ago

April 13, 2022

मुम्बईलाई विदेशी खेलाडीको चिन्ता

173 views

0 Bookmark

एजेन्सी – आइपिएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ ।

मुम्बई पहिलो जितको खोजिमा छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई सुरुवाती ४ खेलमा हारका साथ अंक बिहीन हुँदै पुछारमा छ । जारी सिजनमा अंक बिहीन हुने मुम्बई एक्लो टोली हो । मयंक अग्रवालको कप्तानीमा रहेको पन्जाब तेस्रो जितका साथ शीर्ष वा दोस्रो स्थानमा उक्लिने सोचमा हुनेछ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ ।

मुम्बई पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो । बेंगलोरविरुद्ध मुम्बईले दुई मात्र विदेशी खेलाडी खेलाएको थियो । डेवाल्ड ब्रेभिस र काइरन पोलार्डलाई विदेशी कोटामा खेलाएको थियो । पोलार्ड मुम्बईका प्रमुख अलराउन्डर हुन् । तर यस सिजनमा लयमा देखिएका छैनन् । ब्रेभिसलाई बेबी एवि पनि भन्ने गरिन्छ । दक्षिण अफ्रिकी युवा स्टार ब्रेभिसले दुई खेलमा आशा लाग्दो प्रदर्शन गरेका छन् । मुम्बईमा यस सिजनमा विदेशी खेलाडी कमजोर देखिएका छन् ।

पोलार्डलाई छाड्ने हो भने मुम्बईमा यस सिजनमा ठूला नाम गरेका स्टार विदेशी खेलाडी छैनन् । यस सिजनमा मुम्बईले ८ विदेशी खेलाडीको रुपमा काइरन पोलार्ड, टिम डेविड, डेवाल्ड ब्रेभिस, ड्यानियल साम्स, राइली मेरिडीथ, जोफ्रा आर्चर, फबिएन एलेन र टाइमल मिल्स छन् ।

स्टार तीव्र गतिका बलर आर्चर यो सिजनमा उपलब्ध हुने छैनन् । राइली मेरिडीथ र फबिएन एलेन बाहेक अन्य विदेशी खेलाडी प्रयोग गरेको छ । मुम्बईले आज चार विदेशी खेलाडी खेलाउन सक्छ । पोलार्ड र ब्रेभिसलाई निरन्तरता दिनेछ । राइली मेरिडीथ र फबिएन एलेन विकल्प हुन् । एलेन स्पिन अलराउन्डर हुन् ।

वेस्टइन्डिजका अलराउन्डर एलेन तल्लोक्रममा आक्रामक ब्याटिङसँगै उत्कृष्ट फिल्डर र स्पिनर बलिङ गर्दछन् । मरिडीथ तीव्र गतिका बलर हुन् । मुम्बईले जयदेव उनादकटको स्थानमा मेरिडीथ र मुरुगन आश्विनको स्थानमा फबिएन एलेनलाई खेलाउने सम्भावना छ । विदेशी स्टार खेलाडीको कमी हुँदा यस पटक मुम्बई समस्यामा देखिन्छ । चार विदेशी खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ ।

ब्याटिङमा सूर्य कुमार यादव र तिलक बर्मालाई छाड्ने हो भने अन्य लयमा देखिएका छैनन् । ओपनर ईशान किशन र रोहित शर्मा लयमा नहुनु कमजोर प्रदर्शनको अर्को कारण हो । मुम्बई यी दुई खेलाडीबाट उत्कृष्ट सुरुवात चाहन्छ । तीव्र गतिका बलर जस्प्रित बुमराह पनि यस सिजनमा चल्न सकेका छैनन् ।

बुमराहले सुरुवाती ४ खेलमा ३ विकेट लिएका छन् । तीन खेलमा विकेट विहीन बनेका छन् । बुमराहको उत्कृष्ट बलिङ बिना मुम्बईको आक्रामण कमजोर देखिनेछ । ट्रेन्ट बोल्ट यस सिजनमा राजस्थान रोयल्समा पुगेपछि बुमराहले राम्रो साथ पाउन सकेका छैनन् ।

यता पन्जाब भने ब्याटिङमा हाबी भएको टोली हो । पन्जाबमा लियाम लिभिङस्टोन, ओडेन स्मिथ र शाहरुख खान जस्ता आक्रामक ब्याटर छन् । लिभिङस्टोनले पछिल्ला दुई खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका थिए । लिभिङस्टोनको प्रदर्शनले धेरै महत्व राख्नेछ ।

ओपनर शिखर धवन र मयंक अग्रवालबाट राम्रो सुरुवात चाहन्छ । जोनी बेयरस्टोको स्थानमा भानुका राजपक्षेलाई मैदान उतान सक्छ ।
पछिल्लो खेलमा पन्जाब गुजरातसँग ६ विकेटले पराजित भएको थियो । ओडेन स्मिथलाई राहुल टेवाटियाले अन्तिम २ बलमा जितको लागि १२ रन चाहिँएको अवस्थामा लगातार दुई छक्का प्रहार गर्दै जित दिलाएका थिए ।

कागिसो रबाडा तीव्र गतिका बलिङ हतियार हुन् । योर्कर र तीव्र गतिका लागि चिनिने रबाडाको उच्च प्रदर्शन विना कठिन पर्दछ । स्पिनर राहुल चाहर स्पिन हतियार हुन् ।


हेड टु हेड :

मुम्बई र पन्जाबबीच आइपिएलमा कुल २७ खेल खेल भएका छन् । जसमा मुम्बई १४ र पन्जाब १३ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा मुम्बई ३ खेलमा विजयी भएको छ ।

अंक तालिका

राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । गुजरात ४ खेलमा ३ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित पाँचौं स्थानमा पुगेको छ ।

दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ४ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.