default_image

2 years ago

April 11, 2022

६ बलमा ६ विकेट!

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् ।


विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा अहमद फैजबाट क्याच गराए । दोस्रो बलमा ईशान पाण्डे १९ रनमा रन आउट भए । त्यससपछि भने विरनदीपले लगातार चार विकेट लिए । विरनदीपले तेस्रो बलमा आनिडो नाहारे र चौथो बलमा विशेष सरोहलाई बोल्ड गरे ।

पाँचौं बलमा जतिन सिंघललाई कट एण्ड बोल्ड आउट गरे । अन्तिम बलमा स्पर्शलाई बोल्ड गरे । विरनदीपले ब्यक्तिगत रुपमा पाँच विकेट लिए । तर एक रन आउटसँग अन्तिम ६ बलमा ६ विकेट लिएका थिए । टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

मयंक गुप्ताले ३४ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए । कप्तान मृगांग पाठकले २७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रन बनाए । विरनदीपले २ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए । मलेसिया पहिलो खेलमा रुपन्देही ११ सँग ६ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्न यस खेलसँगै अन्तिम खेलमा मंगलबार पुलिसलाई पनि हराउनु पर्ने हुन्छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.