default_image

2 years ago

April 10, 2022

पूर्वकप्तान ऐरको टोलीविरुद्ध खेल्दै दिल्ली

112 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आज पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

कोलकाता ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दिल्ली ३ खेलमा २ मा हार र १ मा जित सहित सातौं स्थानमा छ । कोलकाताको कप्तानी श्रेयस ऐरले गर्नेछन् । दिल्लीका पूर्व कप्तान ऐरको कप्तानी र प्रदर्शन चाखको विषय रहने । दिल्लीको ऋषभ पन्तले गर्नेछन् ।

यी दुई कप्तानबीचको नतिजा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ऐरले २०१८ देखि २०२१ सम्म दिल्लीको कप्तानी गरेका थिए । जसक्रममा २०२० को संस्करणमा पहिलो पटक दिल्लीलाई फाइनलमा पुर्याएका थिए । मध्यक्रमका भरपर्दा ब्याटर ऐरको प्रदर्शनले धेरै प्रभाव पार्नसक्छ । ऐरलाई दिल्लीको कमजोरी राम्रोसँग थाहा छ ।

पछिल्लो खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो । जसक्रममा प्याट कमिन्सले १५ बलमै ४ चौका र ६ छक्कासहित सर्वाधिक ५६ रनको इनिङ खेले । जसक्रममा १४ बलमै अर्धशतक पूरा गरेका थिए । कमिन्स, आन्द्रे रसेल र सुनिल नारायण जस्ता आक्रामक खेलाडीले तल्लोक्रम उत्कृष्ट छ । यी तीन अलराउन्डरले जुनसुकै बेला खेललाई मोड्न सक्छन् ।

पछिल्लो खेलमा वेंकटेश ऐरले पनि अर्धशतक प्रहार गरेका थिए । ऐर, अजिक्या रहाणे र श्रेयस ऐर शीर्षक्रमका ब्याटर हुन् । राम्रो सुरुवात पाउँदा तल्लोक्रममा उत्कृष्ट फिनिसर छन् । कोलकाताका उमेश यादवले लगातार उत्कृष्ट बलिङ गर्दै आएका छन् । कमिन्स अर्का हतियार हुन् । कोलकाताको टोलीमा परिवर्तनको सम्भावना कम छ ।

दिल्ली पछिल्लो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो । प्रमुख ब्याटर डेविड वार्नर १२ बलमा ४ रनमा आउट भएका थिए । दिल्ली वार्नरबाट उत्कृष्ट सुरुवात चाहन्छ । रोभम्यान पावेलको स्थानमा दिल्लीले आज मिचेल मार्शलाई मौका दिनसक्छ । मार्श उत्कृष्ट लयमा छन् ।

तीव्र गतिमा बलिङ पनि गर्ने गर्दछन् । पावेलको सुरुवाती तीन खेलमा प्रदर्शन भने राम्रो छैन । दिल्लीलाई पन्तबाट विष्फोटक ब्याटिङको आवश्यक देखिन्छ । दिल्लीमा अन्य परिवर्तनको सम्भावना पनि छैन । विशेष गरि दिल्लीका ब्याटरलाई आक्रामक ब्याटिङको आवश्यक देखिन्छ ।

हेड टु हेड :


दिल्ली र कोलकाताबीच आइपिएलमा २९ खेल भएका छन् । कोलकाता १६ र दिल्ली १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा कोलकाता ३ खेलमा विजयी भएको छ ।

अंक तालिका

कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । समान ६ अंक भएपनि शीर्ष चार नेटरनरेटको आधारमा निर्धारण भएको छ ।

राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.