default_image

2 years ago

April 9, 2022

पहिलो जितको सोचमा चेन्नई र हैदराबाद

101 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ ।

चेन्नई र हैदराबाद दुबै अंक बिहीन छन् । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद र रविन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नई पहिलो जितका साथ मैदान उत्रनेछन् । हैदराबाद २ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

चेन्नई ३ खेलमा पराजित हुँदै आठौं स्थानमा छ । धोनीपछि पहिलो पटक रविन्द्र जडेजाले कप्तानी गरेको चेन्नई सुरुवाती तीनै खेलमा हारको साथ खराब सुरुवात गरेको छ ।

चेन्नई कोलकातासँग र लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेटले पराजित भएको थियो । पन्जाबसँग ५४ रनले पराजित भएको थियो । चेन्नई युवा ओपनर ऋतुराज गायकवाडबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । मोईन अली, रोबिन उथप्पा र अम्बाती रायुडूबाट राम्रो सुरुवात चाहन्छ । विकेटकिपर धोनी र जडेजा फिनिसर हुन् ।

चेन्नईको बलिङ आक्रामण यस पटक कमजोर छ । म्याच विनर तीव्र गतिका बलर नहुँदा समस्यामा परेको छ । अक्सनमा १४ करोड खर्चेर किनेका दीपक चाहर चोटका कारण उपलब्ध नभएपछि समस्यामा परेको हो । बलिङ आक्रामण आजको खेलमा सुधार गर्नुपर्ने हुन्छ ।
हैदराबाद राजस्थानसँग ६१ रन र लखनऊसँग १२ रनले पराजित भएको थियो ।

हैदराबादका केन विलियम्सन, निकोलस पुरन र एडेन माक्ररम प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरमा बढी निर्भर छ । पुरनबाट हैदराबाद उत्कृष्ट प्रदर्शन चाहन्छ । रोमारियो शेफर्डको स्थानमा मार्को ज्यानसनलाई मौका दिनसक्छ ।

हैदराबादको बलमा भुवनेश्वर कुमार, टि नटराजन र उमरन मलिक प्रमुख हतियार हुन् । आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.