default_image

2 years ago

April 8, 2022

पुलिसलाई हराउन ६ विकेट लिएका सचिन रणजी खेलाडी

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सचिन कुमार सिंहले ६ विकेट लिएपछि शुक्रबार प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको छ ।

सचिन भारतको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता रणजी ट्रफी अनुभवी खेलाडी हुन् । बिहारबाट यसै सिजनमा उनले रणजीमा डेब्यू गरेका थिए । २४ वर्षीय सचिनले बिहारबाट २ प्रथम श्रेणीको खेलेका छन् । रणजी ट्रफी भारतीय प्रथम श्रेणी मान्यता सर्वाधिक ठूलो घरेलु प्रतियोगिता हो । त्यहिँ प्रतियोगिता आधारमा भारतको टेस्टको लागि सिनियर टोली, ए, बी र सी टोली निर्माण गरिन्छ ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । दिल्लीका सचिन सिंहले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ६ विकेट लिए ।

पुलिसलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । ईशान पाण्डेलाई गुलशन झाले पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरेपछि जितको लागि ३ बलमा ३ रन चाहिँएको थियो ।

चौथो बलमा गुलशन क्याच आउट भए । पाँचौं बल ईशानले सागर ढकाललाई डट राख्दा अन्तिम बलमा एक रन दिँदै दिल्लीलाई १ रनको जित दिलाए । नेपाली क्रिकेट टोलीबाट खेलि सकेका ईशानले दिल्लीको क्लबबाट खेलेका हुन् । सचिनले २ प्रथम श्रेणीको खेलमा ३० रन बनाउनुको साथै ६ विकेट लिएका छन् ।

उनले ६ लिष्ट ए र ५ टि२० क्रिकेट खेलेका छन् । उनले लिष्ट ए मा १ सय १३ रन र ५ विकेट लिएका छन् । टि२० क्रिकेटमा ५ विकेट लिएका छन् । ब्याटिङमा भने उनी ६ बल खेलेर मन्जित श्रेष्ठको बलमा पवन सरार्फबाट क्याच भएका थिए । सचिनले आगमी खेल खेल्ने सम्भावना भने निकै कम छ । भारतको नेशनल क्रिकेट एकेडेमी (एनसिए) ले बोलाएपछि उनी आजनै त्यसतर्फ फर्केको बुझिएको छ ।

सचिनले दीलिप नाथ, अर्जुन साउद, प्रेम तामाङ, मञ्जित श्रेष्ठ, रोशन बुधल र पवन सरार्फलाई आउट गरेका थिए । सचिनले बिसिसिआई यू–२३ टोलीबाट पनि खेलि सकेका छन् । पुलिसका गुलशन झाले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।


त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३८ रन बनाए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.