default_image

2 years ago

April 8, 2022

मञ्जितको दिल्लीविरुद्ध घातक बलिङ

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मञ्जित श्रेष्ठको घातक बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । नेपाली सिनियर टोलीका ओपनर समेत रहेका ईशान पाण्डेले २५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए ।

ओपनर आदित्य र मयंक गुप्ताले पहिलो विकेटका लागि ६.२ ओभरमा ५९ रनको आक्रामक सुरुवात दिलाएका थिए । गुप्ता पवन सरार्फको बलमा दीलिप नाथबाट २३ रनमा क्याच भए । उनले १७ बलमा २ चौका र २ छक्का प्रहार गरे । अनिन्दो नहारेलाई शून्यमा बोल्ड आउट गरे ।
कप्तान मञ्जित श्रेष्ठले ईशान र आदित्यलाई आउट गर्दै पुलिसलाई खेलमा फर्काएका थिए ।

स्पिनर सागर ढकालले कप्तान तथा विकेटकिपर मरिजंग पाठकलाई ९ र करण केसीले अभिषेक अग्रवाललाई १ रनमा आउट गरेपछि पुलिसले उत्कृष्ट पूनरागमन गरेको थियो । स्पर्श ९ बलमा २ चौकासहित १६ रनमा अविजित रहे ।

पुलिसका मध्य गतिका बलर मञ्जित श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । स्पिनर पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकाल र करण केसीले १–१ विकेट लिए । उद्धघाटन खेलमा भने रुपन्देही–११ ले मलेसिया ११ लाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।

मलेसियामाथि रुपन्देहीको सानदार जित

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.