default_image

2 years ago

April 8, 2022

मलेसियामाथि रुपन्देहीको सानदार जित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली रुपन्देही ११ ले प्रो क्लब च्याम्पियनसिपको उद्धघाटन खेलमा मलेसिया ११ माथि ६ विकेटको सानदार जित हात पारेको छ । नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेर भैरहवा पुगेको मलेसिया पहिलो खेलमै घरेलु टोली रुपन्देहीसँग स्तब्ध हुन पुगेको हो ।

१ सय ३२ रनको विजयी लक्ष्य रुपन्देहीले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीको जितमा अलराउन्डर बशिर अहमद १८ बलमा ४ चौका सहित २७ रनमा अविजित रहे । ओपनर प्रज्वल थापाले ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । सन्दीप रजाली १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

रुपन्देहीलाई ओपनर देव खनाल र प्रज्वल थापाले ९.३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका देव खनालले ३४ बलमा २ चौकासहित २२ रन जोडे । सुशान्त थापा ६ र तुल बहादुर थापा ७ रनमा आउट भए । मलेसियाका विरनदीपसिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद आमिर सैद अजिज १ रनमा आउट भए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको मलेसिया १९.५ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । मलेसियाका ओपनर विरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । सैद अजिजले २१ बलमा ४ चौका सहित २५ रन जोडे ।

ओपनर जुबैदी जुल्किफ्लिी र कप्तान अहमद फैज १–१ रनमा आउट भएका थिए । जुबैदी स्पिनर अनिल खरेल र फैज कप्तान कृष्ण कार्कीको बलमा बोल्ड भए । बायाँ हाते स्पिनर बशिर अहमदले एनुल हफिज र सैद अजिजलाई आउट गरे । दुर्गेश गुप्ताले मोहम्मद आमिरलाई १ रनमा बोल्ड आउट गरे ।

तल्लोक्रमका शार्विन मुनीआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका बशिर अहमदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुषालले १–१ विकेट लिए ।

यसै साता नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको मलेसिया टोली नै भैरहवा गएको हो । रुपन्देहीले अव आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.