3 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए ।
पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाए । दीपेन्द्रको बलमै चाल्र्स अमिनी ठूलो सट खेल्दै लङअनम सोमपाल कामीबाट १५ रनमा क्याच गराएपछि पीएनजी दबाबमा परेको थियो । राइली हेकुरे ६ रनमा क्याच भए ।
सन्दीपले १३ औं ओभरमा दुई विकेट लिँदै नेपालको जित सहज बनाए । तेस्रो बलमा हेकुरेलाई सोमपाल कामीबाट म्याच गराए । लगत्तै अर्को बलमा पीएनजीका प्रमुख हिटर नोर्मन भानुआलाई फस्ट स्लिपमा आरिफ शेखबााट गोल्डेन डक आउट गरेपछि जित नजिक पुगेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । अभिनाश बोहराले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।
दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि पीएनजीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।
कुशल भुर्तेल तीव्र गतिका बलर काबुआ मोरेआको बलमा स्क्वायर लेगमा लेगा सियाकाबाट २५ रनमा क्याच भए । रोहित पौडेल छैटौं ओभरको पाँचौं बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा स्क्वायर लेगमा राइली हेकुरेबाट २ रनमा क्याच आउट भए ।
नेपालले १२ औं ओभरमा तीन विकेट गुमाएपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । १२ औं ओभरमा बायाँ हाते तीव्र गतिका बलर सेमो कमियाले तीन विकेट लिएपछि नेपाल संकटमा परेको थियो । पहिलो बलमा आसिफ शेख २९ रनमा क्याच भए । उनले २९ बलमा १ छक्का प्रहार गरे ।
तेस्रो बलमा आरिफ शेख पनि शून्यमा । विकेट किपर दीलिप नाथ पनि शून्यमा बोल्ड भए । आदिल अन्सारी १३ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । करण र दीपेन्द्रले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।
नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भन पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]